एमाले धनकुटाले एकैसाथ ६० वटामा कार्यकर्तालाई प्रशिक्षण दिने

Rajendra rai dkt

धनकुटा । विभाजनको चोट बोकेको नेकपा एमाले धनकुटाले यहि शनिबार धनकुटाका ६० वटै वडा कमिटिका नेता तथा कार्यकर्ताहरूलाई प्रशिक्षण दिने भएको छ ।

जिल्लाको सातै वटा तहका पालिकाहरुकाको ६० वडामा दिइने प्रशिक्षणमा कम्तिमा एक वडामा सय जना भन्दा बढीको सहभागीता रहने नेकपा एमाले पार्टी धनकुटाले जनाएको छ ।

प्रशिक्षण कार्यक्रममा जिल्लाका छ हजार बढी कार्यकर्तालाई समसमसामयीक राजनीति, बदलिँदो राजनिती शक्ति सन्तुलन, नेकपा एमाले धनकुटाले खेल्नु पर्ने भूमिका र अब आउने पार्टीको महाधिवेशन आदि सम्बन्ध मा प्रशिक्षण दिइने नेकपा एमाले धनकुटा जिल्ला कमिटिको अध्यक्ष राजेन्द्र कुमार राईले जानकारी दिए ।

्पछिल्लो राजनीतिक घटनाक्रम, पार्टी विभाजनपछिको भुमिका र पार्टीलाई थप बलियो बनाउन यो प्रशिक्षणले सहयोग गर्ने एमालेको विश्वास छ । साथै वर्तमान परामादेशको सरकारले नेकपा एमाले बिभाजनको लागि रचित कालो पर्दा भित्रको खेलका बारेमा कार्यकर्ता स्पष्ट हुने राईले बताए ।

गत भदौ १२ गते पालिकास्तरीय प्रशिक्षण सकेको नेकपा एमाले धनकुटामा पार्टी फुटको असर नगण्य रहेको बरु अन्य पार्टीहरुबाट समेत प्रबेशको आकर्षण बढेको जिल्ला कमिटी सचिवालय सदस्य शिव आङ्लाले बताए ।

वडा स्तरीय कार्यक्रम सम्बन्धमा वडा कमिटी, जनवर्गीय संगठन लगायत संगठित सदस्यलाई खबर गरिएको र कार्यक्रम सामाजिक दूरी कायम गर्दै स्वास्थ्य मापदण्ड अपनाउदै सन्चालन गरिने जिल्ला कमिटी सदस्य एवम् प्रचार प्रसार बिभाग सदस्य दिबेश खड्काले जानकारी दिए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...