पार्टी फुटाउन अध्यादेश ल्याउन खोजियो, अब पार्टी एकता गरौं : ओली

Kp oli

काठमाडौं । पार्टी विभाजनको मुखैमा पुगेको बेला फेरि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताको आव्हान गरेका छन् ।

विना मितिमा सार्वजनिक गरिएको ओलीको बक्तव्यमा ओलीले पार्टीलाई विभाजन गराउन अनेक षड्यन्त्र भइरहेको बताएका छन् ।

संसद अधिवेशन हठात अन्त्य गरेर एमालेलाई विभाजन गर्ने गरी अध्यादेश ल्याउन लागिएको भन्दै आपत्ति जनाएका छन् । उनले भने,’सरकारले हठातमा संसदको अधिवेशन अन्त्य गरेर दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन खोजेको देखियो ।’

साथै उनले एमाले र यस पार्टीको संसदीय दलमा विभाजन ल्याउने कुनै पनि बहाना वा षडयन्त्र पार्टीका लागि मान्य नहुने पनि चेतावनी दिएका छन् ।

सोमबार आफ्नो निवास बालकोटमा पार्टीका नेताहरुसँग छलफल गरेपछि राति नै विज्ञप्ति जारी गर्दै ओलीले भनेका छन्, ‘पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता र प्रतिनिधिसभा तथा राष्ट्रिय सभाका माननीय सदस्यहरुलाई पार्टी वा संसदीय दल विभाजनका प्रयासहरु विरुद्ध दृढताका साथ उभिन हार्दिक अपील गर्दछु ।’

 

प्रतिकृया दिनुहोस