नवनियुक्त स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले लिए पद तथा गोपनीयताको शपथ

Umesh shrestha safat

काठमाडौं । स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त नेपाली कांग्रेसका सांसद तथा निजी विद्यालय सञ्चालक उमेश श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आयोजिक कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा उपराष्ट्रपति नन्दबहादुर पुन, मन्त्रीहरु समेतको उपस्थितिमा राज्यमन्त्री श्रेष्ठलाई शपथ गराएका हुन् ।

राष्ट्रपति कार्यालयले राष्ट्रपतिले शपथ गराउने बाहेक अरु पदाधिकारीको शपथ राष्ट्रपति कार्यालयमा गर्नुनपर्ने भनी उल्लेख गरेको थियो । यसअघि महान्यायाधिवक्ता खम्मबहादुर खातीले पनि सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग शपथ लिएका थिए ।

प्रतिकृया दिनुहोस