दमकमा एक साता कडा निषेधाज्ञा, घर बाहिर निस्किन नपाइने

Damak jhapa

दमक । कोरोना संक्रमणको दर झापा जिल्लाकै सबैभन्दा बढी देखिएपछि दमक नगरपालिकामा सोमबारदेखि पुर्ण लकडाउन गरिने भएको छ ।

दमक नगरपालिकाका मेयर रोमनाथ ओलीको अध्यक्षतामा शनिबार बसेको नगरस्तरीय कोभिड रोकथान तथा नियन्त्रण समन्वय समिति बैठकले सोमबारदेखि एक सातासम्म पूर्ण एवं कडा लकडाउन गर्ने निर्णय गरेको थियो ।

लकडाउन भोलि बिहान ४ बजेबाट सुरु भई साउन १७ गते मध्यराति १२ बजेसम्म जारी रहने निर्णय गरिएको नगरस्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।

लकडाउन अवधिमा मानिसको आवतजावत निषेध गर्नुका साथै मुख्य राजमार्गबाहेक अन्य क्षेत्रमा अत्यावश्यक बाहेकका सवारी साधन सञ्चालनमा रोक लगाइएको नगरपालिकाका उपसचिव दिनेश न्यौपानेले जानकारी दिए ।

नगरपालिकाद्धारा विज्ञप्तिमा भनिएको छ, ‘दमक नगरपालिका क्षेत्रभित्र कोरोना भाइरस संक्रमण फैलदो क्रममा रहेको हुँदा मिति२०७८ साउन११ गते बिहान ४ बजेदेखि २०७८ साउन १७ गते मध्‍य राति १२ बजेसम्‍म नगरपालिका क्षेत्रभित्र निषेधाज्ञा लागू गरिएको सम्‍बन्धित सबैमा हार्दिक अनुरोध छ ।‘

यस्तै नगरपालिकाले अनुमति नलिइ अत्यावश्‍यक काक बाहेक घरबाट बाहिर ननिस्किन आग्रह गरेको छ भने व्‍यापार, व्यावसाय, उद्योग कलकारखाना, शिक्षण संस्था, सम्पूर्ण वित्तीय संस्था र सबै प्रकारका सावारी साधन पूर्णरुपले बन्‍द हुनेछन् ।

यस्तै नेपाल सरकारले तोकिएको सामाजिक दूरी, स्वास्थ्य सुरक्षा मापदण्ड पालन गर्न समेत सबैमा नगरपालिकाले आग्रह गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...