धनकुटाको पाख्रिबासमा बस दुर्घटना हुँदा २३ जना घाइते, ४ जनाको अवस्था गम्भीर

Bus accident dkt 1

धनकुटा । धनकुटाको पाख्रिबासमा यात्रु बाहक बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् । जसमध्ये ४ जनाको अवस्था गम्भीर छ ।

मध्यपहाडी लोकमार्गको हिले भोजपुर सडकखण्डको धनकुटाको राम्चेभीरमा आज दिउँसो झापाको काकडभिट्टाबाट भोजपुरतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ख–३४२९ नम्बरको त्रिशक्ति डिलक्स बस दुर्घटना हुँदा २३ जना घाइते भएका हुन् ।

घाइतेहरुमध्ये १४ जनाको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा र गम्भीर घाइते भएका २ जनाको भने विराटनगरस्थित नोवेल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी दिपककुमार रायले बताए । अन्य घाइतेहरुको भने पाख्रिवास स्वास्थ्य चौकीमा उपचारपछि घर फर्किएका छन् । बसमा जम्मा ३५ यात्रु सवार रहेको प्रहरीको भनाई छ ।

बस आफैँ अनियन्त्रित भई सडकमा पल्टिएको हुनसक्ने प्रहरीको अनुमान छ । बसको अगाडीको दुबै चक्का खुस्किएको छ । बसमा जम्मा ३५ यात्रु सबार रहेको प्रहरीको भनाई छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...