लुम्बिनी प्रादेशिक अस्पतालमा पाँच जना संक्रमितको मृत्यु

Dfhearhdf

बुटवल । कोरोना भाईरस संक्रमणका कारण लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत पाँच जनाको मृत्यु भएको छ । रुपन्देही जिल्लाका र गुल्मी जिल्लाका २/२ जना र प्यूठानका एक जना गरी पाँच जना संक्रमितको १८ घण्टाको अवधिमा मृत्यु भएको अस्पतालले जनाएको छ ।

कोरोनाका कारण मृत्यु हुनेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ५ का ३२ वर्षीया महिला, बुटवल उपमहानगरपालिका वडा नम्बर ७ का ४४ वर्षीय पुरुष, गुल्मीको चन्द्रकोट वडा नम्बर ५ का ५६ वर्षका पुरुष, गुल्मी इस्मा वडा नम्बर ५ का ७१ वर्षीय पुरुष र प्यूठानको सरुमारानी वडा नम्बर २ की ६३ वर्षीय महिलाको उपचारको क्रममा मृत्यु भएको हो ।

लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार उनीहरुमा असार २३ गतेदेखि साउन ४ गतेसम्म विभिन्न मितिमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका थिए । उनीहरुको शनिबार साढे एक बजेदेखि आईतबार बिहान सवा ६ बजेको अवधिमा मृत्यु भएको उहाँले बताउनुभयो ।

 

प्रतिकृया दिनुहोस