गण्डकी प्रदेशमा मन्त्रिपरिषद विस्तारका क्रममा दलित समुदायप्रति अपमान : डा. कोइराला

Shekar

काठमाण्डौं  । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले मन्त्रिपरिषद विस्तारका क्रममा गण्डकी प्रदेशमा दलित समुदायप्रति अपमान भएको बताएका छन् ।

शुक्रबार मन्त्रिपरिषद विस्तारका क्रममा सांसद डोबाटे विश्वकर्मा मन्त्री हुने पक्का भए पनि पछि उनको ठाउँमा विन्दुकुमार थापा मन्त्री भएका थिए ।

त्यस घटनाप्रति इंगित गर्दै डा. कोइरालाले भनेका छन् ‘गण्डकी प्रदेशको सरकारले पूर्णता पाउने क्रममा समावेशीता र अझ दलित समुदायको प्रतिनिधित्वलाई जसरी लत्याइयो, यो दुर्भाग्यपूर्ण हो । पार्टीले गरेको अक्षम्य भूल हो । दलित समुदायप्रतिको अपमान हो ।’

सामाजिक कुरीतिका विरुद्ध व्यवहारिक रुपमा लडेको नेपाली कांग्रेसलाई गण्डकी प्रदेशको सरकार गठन प्रक्रियाले दुखित बनाएको कोइरालाले बताएका छन् ।

‘त्यति मात्र नभई सिंगो दलित समुदाय जसले लोकतन्त्र स्थापना र पार्टी संगठनमा महत्वपूर्ण भूमिका खेले उनीहरुको शिर निहुरिएको छ । भोलि कुन मुखले उनीहरुको अगाडि जाने ? यो हेक्का राख्नु पर्दैन ? कि एकपटक सरकारमा गएपछि सधैंलाई पुग्यो ?’ उनले प्रश्न गरेका छन् ।

कोइरालाले सामाजिक न्यायका कुरा केवल इतिहासको बखान र शब्द रटान मात्रै नभई व्यवहार र लोकतान्त्रिक आचरण पनि भएको बताए ।

‘वीपी स्मृति दिवस मनाउँदै र वीपीको तस्वीरमा चढाएको फूल नओइलिंदै गर्दा भएको यो निर्णयको जवाफ हामीले समाजलाई दिनैपर्छ । यसलाई तुरुन्त सच्याउनु जरुरी छ’ डा. कोइरालाले भनेका छन् । उनले आगामी दिनमा यस्ता निर्णयहरु पार्टीको निम्ति निकै महंगो पर्न सक्ने भन्दै सचेत गराएका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...