मोरङमा कडा निषेधाज्ञा, सीमा क्षेत्र सुनसान बन्न थाल्यो

Biratnagar gate

विराटनगर । मोरङमा असारको तेश्रो सातादेखि स्थिर रहेको कोरोनाको संक्रमण दर पछिल्लो समय बढेको छ । संक्रमण दर बढेसँगै मोरङ प्रशासनले निषेधाज्ञामा थप कडाइ गर्न थालेको छ ।

मोरङ प्रशासनले शुक्रबारदेखि लागु हुने गरी बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा रोक लगाएको छ । त्यसैगरी बजार तथा पसल बेलुका ६ बजेदेखि बन्द गर्न थालिएको छ । सीमा वारपारमा पनि निगरानी बढाइएको छ । सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरी सीमा क्षेत्रमा मानिसको आवतजावतमै रोक लगाइएको हो ।

सामान्य अवस्थामा सधैँ भिडभाड हुने विराटनगरको रानी नाका अहिले सुनसान अवस्थामा छ । यस क्षेत्रका धेरैजसो नेपाली नागरिक दैनिक उपभोग्य सामग्रीदेखि लिएर लत्ताकपडा किन्नका लागि सीमापारको जोगवनी बजार जाने गरेकाले भने सधैँजसो रानी क्षेत्रमा भिडभाड देखिन्थ्यो । कोरोनाको दोश्रो लहरसँगै मानिसको आवागमन पातलिएको सीमा क्षेत्रमा कार्यरत सुरक्षाकर्मीहरु बताउँछन् ।

भारतसँगको मुख्य सीमा नाका रानी लगायत सहायक नाकाहरूमा प्रहरी परिचालन गरी विशे कामबाहेक नेपालीलाई भारत प्रवेश गर्ने र भारतीयलाई नेपाल प्रवेशमा पूर्ण रोक लगाइएको छ ।

भारतीयहरुलाई नेपाल प्रवेश गर्न पीसीआर परीक्षण रिपोर्टलाई अनिवार्य गरिएको छ । पीसीआर परीक्षण गरेको रिपोर्ट नभए वा पीसीआर परीक्षण गरेको ७२ घण्टाभन्दा बढी भएमा नाकामै त्यस्ता व्यक्तिको एन्टिजेन परीक्षण गरेरमात्र नेपाल प्रवेशको अनुमति दिने व्यवस्था मिलाइएको छ ।

सुरक्षाकर्मीले सीमा क्षेत्रका मुख्य तथा सहायक नाका जाने सडकहरूमा बाँसको ढाट लगाएर रिक्सा, सफारी, टेम्पु लगायतका तीन पाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक लगाएका छन् । जसका कारण रानी क्षेत्रमा मानिस र सवारी साधनको चहलपहल न्यून देखिने गरेको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...