शनिबारदेखि लामो रुटका यातायातका साधन चल्न दिइने, स्वास्थ्य मापदण्ड अपनाउन आग्रह

Yatayat 8

काठमाडौं । भोलीदेखि मध्यम तथा लामो दूरीका सार्वजनिक यातायात सञ्चालन हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले शनिबारदेखि यातायात सञ्चालनको व्यवस्था मिलाउन यातायात व्यवसायीहरुलाई आग्रह समेत गरेको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज सूचना जारी गरी त्रिभुवन विश्वविद्यालय तथा लोक सेवा आयोग लगायतका परीक्षालाई समेत मध्यनजर गर्दै सरकारले तोकेको मापदण्ड पालना गरी सार्वजनिक यातायात चलाउन अनुमति दिइएको जनाएको छ ।

प्रशासनले सर्वसाधारणहरुको आवतजावतलाई सहज बनाउन उपत्यकाका सम्पूर्ण यातायात व्यवसायीहरुले सरकारले तोकेको जनस्वास्थ्य मापदण्डको पूर्ण पालना गरी मध्यम तथा लोमो दूरीका सार्वजनिक यातायात सञ्चालनको व्यवस्था मिलाउन समेत अनुरोध गरेको छ ।

यस्तै प्रशासनले अनिवार्य रुपमा काउण्टरबाट मात्रै टिकट काटेर यात्रा गर्न यात्रुलाई आग्रह गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...