आजदेखि फेरि मनसुन सक्रिय, यी प्रदेशहरुमा आज भारी वर्षा हुने

Weather news

काठमाडौं । यो क्रम शुक्रबारसम्म नै कायम रहने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । शनिबारदेखि मौसम खुल्ने महाशाखाको अनुमान छ ।

यो क्रम शुक्रबारसम्म नै कायम रहने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । शनिबारदेखि मौसम खुल्ने महाशाखाको अनुमान छ ।

अहिले प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकाध ठाउँमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज वाग्मती, गण्डकी , लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन÷चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको रहेको महाशाखाले जनाएको छ ।

यस्तो छ तीन दिनको पूर्वानुमान
साउन ७ गते ( बिहीबार)
दिउँसो: देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राति : देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी र वाग्मती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

साउन ८ गते ( शुक्रबार)
दिउँसो: देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, गण्डकी तथा वाग्मती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राति : देशभर सामान्यतया बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

साउन ९ गते ( शनिबार)
दिउँसो: देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राति : देशभर सामान्यतया बदली रही थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...