समाजवादी कांग्रेसले पैदल यात्रा र दिप प्रज्वलन गर्ने

Samajbadi congres sauna 3

काठमाडौं । संबैधानिक प्रजातन्त्र, हिन्दुराज्य, स्थानीय स्वशाषन, समाजवादी अर्थनीति, विशेष अधिकार सहितको राजसंस्था जस्ता माग राख्दै आएको नेपाल समाजवादी कांग्रेसले वर्तमान राज्य व्यवस्थाको खारेजीको माग गर्दै आइतबार पैदल यात्रा सञ्चालन गर्ने भएको छ ।

वर्तमान अवस्थामा देश विघठनको बाटोमा जान लागेको भन्दै समाजवादी कांग्रेसले माइतीघर मण्डलामा दिप प्रज्वलन गर्ने र सो अघि बबरमहलदेखि पैदल यात्रा गर्न लागेको सो पार्टीका सचिव मानबहादुर गुरुङले जानकारी दिए ।

संघीयता र धर्मनिरपेक्षताको बिरोध गर्दै आएको समाजवादी कांग्रेसले राष्ट्रिय राजनीतिमा नया बिचार र नयाँ नेतृत्वको आवश्यकता भन्ने स्पष्टता निन्ती दीप प्रदर्शन गर्ने निर्णय गर्दै भोली आइतबार १ बजे बबरमहलदेखि माइतीघर मण्डलासम्म पैदल यात्रा गर्ने निर्णय गरेको सचिव गुरुङले जानकारी दिए ।

असार १५ गते काठमाडौंको शान्तिबाटिकामा आयोजित राष्ट्रिय नागरिक आन्दोलनको घोषणा कार्यक्रममा नेपाल समाजवादी कांग्रेसका अध्यक्ष गोविन्द निरौलाले राष्ट्रियता, प्रजातन्त्र, हिन्दुराज्य, राजसंस्थाको पुनर्स्थापना जस्ता माग पूरा नहुन्जेल आमसभा, घरदैलो कार्यक्रम, सडक बहस जस्ता कार्यक्रम सञ्चालन गर्नेगरी आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो ।

समाजवादी कांग्रेसले राष्ट्रपति विद्यादेवी भण्डारीले अहिलेको राज्य व्यवस्थाको खारेज गर्नुको सट्टा नयाँ व्यक्तिलाई प्रधानमन्त्री बनाइनु दुःखद भनेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...