विपतमा परेकालाई सहयोग गर्न जुटे नुवाकोटेहरु, बन्यो बिपत व्यवस्थापन समाज

Nuwakote samaj

काठमाडौं । अकस्मात आइपर्ने प्राकृतिक प्रकोप, रोगको महामारी एवं अन्य प्रकारका बिपतहरुबाट पीडित व्यक्ति एवं समुहलाई तत्काल उद्दार गरि मानवीय कार्यमा सहयोग गर्ने उद्देश्यले बिपत व्यवस्थापन समाज नुवाकोट स्थापना गरिएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीको पहलमा समाजमा गठन भएको सो विपत व्यवस्थापन समाजको संयोजकमा कृष्णप्रसाद पाण्डे रहेका छन् भने ७ सदस्यीय कार्य संचालन समिति गठन भएको छ ।

समाजमा विभिन्न ६ वटा बिभागहरु बनाइएको छ । जसमा जनकराज पाठक (सञ्चार), फणिराज लोहनी ‘राजु’ (श्रोत साधन व्यवस्थापन), सुन्दर पाण्डे (आर्थिक), तेज लामा (स्वयंसेवक), ज्योति मुड्वरी (प्रशासन) र श्यामकृष्ण गजुरेल (स्वास्थ्य) संयोजक तोकिएको छ ।

त्यसैगरी संचार विभागको उपप्रमुखमा नारायण अधिकारी, सदस्य मा जनकराज पान्डे, आर्थिक बिभागको उपप्रमुखमा कान्छा लामा, प्रशासन बिभागको उपप्रमुखमा दिपेश पाण्डे तोकिएको छ भने निश्चल शाही (सञ्चार) नवराज सिलवाल र रत्नप्रसार रिजाल (प्रशासन) ईन्द्र श्रेष्ठ र बिष्णुहरि पाण्डे लाई (स्वास्थ्य) बिभागको सदस्य तोकिएको छ ।

समाजको प्रमुख संरक्षकमा डा. प्रकाशचन्द्र लोहनी, सल्लाहकारहरुमा भारतजंग उप्रेती, झनक प्याकुरेल, भारतप्रसाद पाठक, दिपककुमार राई, पोषनाथ ढुंगाना, अणबहादुर प्याकुरेल, नानिमैया आचार्य, गोकर्णराज सिटौला, राजु थापा, नरेन्द्रप्रसाद फुयाल, मधुसूदन रिसाल, आनन्द रिसाल, श्यामसुन्दर बलामी, सीता खड्का, राम नेपाली, अष्ठमाया लामा, बिष्णुप्रसद सापकोटा, कुलबहादुर खड्गी, कृष्णबहादुर घले (सुरज), शिव अधिकार र मिनबहादुर तामाङ रहेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...