जनगुनासो सुन्ने मेयरले नै स्थानीयले गुनासो सुनाउँदा तत्काल घर छोडेर जानुस् भनेपछि...

Chintan tamang

धनकुटा । स्थानीय निकायका जनप्रतिनिधिको काम भनकै स्थानीयको गुनासो सुनेर समाधान गर्ने हो । तर, धनकुटा नगरपालिका वडा नं ६ निवासी कोपिला शंकरले नगरप्रमुख चिन्तन तामाङले गुनासो गर्दा उल्टै गालीगलौज गरेको पाइएको छ ।

धनकुटा नगरपालिका वडा नं. ६ की कोपिला शंकरले आफ्नो टोलमा खानेपानी नआएको र फोहोर बोक्ने गाडीसमेत १५ दिनदेखि नआएको गुनासो गरेकी थिइन् । तर, मेयर तामाङले उल्टै घर छोडेर हिड्न धम्की दिएका छन् ।

शंकरले धनकुटामा पत्रकार सम्मेलन गरी आफुले टेलिफोनमार्फत नगरप्रमुख गुनासो राख्दा उल्टै घर छोडेर जानुस् भनेर धम्क्याएको आरोप लगाइन् । उनले आफुले आफ्नो टोलमा फोहोर बोक्ने गाडी पनि नआएको र खानेपानी पनि आउन १५ दिनभन्दा बढी भएको जानकारी गराउन गाली गलौज गरेको बताइन् ।

‘तपाईकै घरमा पानी नआउने, तपाईकै घरमा गाडी नआउने, के खाएर वस्नु भएको छ ? नाटक गर्नुुहुन्छ ? कति नेगेटिभ तपाई ? तपाईको वडाध्यक्षलाई भन्नुस तपाईको घरमा पानी आँउदैन भने घर छोडेर जानुस् भन्नु भयो’, उनले भनिन्, ‘जहिले नेगेटिभ तपाई फेरि फोहोरको गाडी आँउदैन भने घर छोडेर जानुस अहिले नै तुरुन्तै गइहाल्नुस् । घर छोडेर जानुस् भनेर फोनमा गाली गलौज गर्नु भयो ।’

राष्ट्रिय जनमोर्चा जिल्ला सचिव तथा दलित एकता समाज धनकुटाकी संयोजक समेत रहेकी शंकरले आफु नगर प्रमुखको गालीले मानसिक तनावसँगै दुःखी बनाएको र आत्मसम्मानमा नै चोट पुगेको बताइन् ।

उनले नगर प्रमुखले गरेको गालीगलौजप्रति सार्वजनिक रुपमा माफी माग्नुपर्ने अन्यथा न्यायका लागि माथिल्लो निकायसम्म जाने चेतावनी दिइन् ।

यता धनकुटा नगरपालिकाका नगर प्रमुख तामाङले भने आफुले त्यस्तो कुनै धम्की नदिएको बताएका छन् । स्रोतका अनुसार मेयरले आफ्ना सहयोगी मार्फत गाली गलौज गरेको कुरा सार्वजनिक गर्न आग्रह गरेका थिए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...