अझैं भएन एमालेमा सहमति : कार्यदलका नेताहरु भन्छन्, भोली चाँही सुखद समाचार सुन्न पाइने

Uml karyadal  989 89

काठमाडौं । पार्टी एकताको अन्तिम प्रयासमा जुटेको नेकपा एमालेका नेताहरुले एकता प्रक्रियामा आज सहमति हुने बताए पनि विवाद समाधानका लागि गठित कार्यदल अझै सहमतिमा पुग्न सकेको छैन । यद्यपि भोलिसम्म सहमतिमा पुग्ने प्रयास हुने नेताहरुले बताएका छन् ।

आज सिंहदरबारमा बसेको बैठकमा मिल्न बाँकी विषयमा छलफल भएको थियो । पार्टी एकतामा समस्या के थिए ? कसरी समाधान गर्ने ? भन्ने छलफल भएको भन्दै कार्यदलका सदस्य गोकर्ण विष्टले भोलि चाँही सुखद समाचार सुन्न पाइने दावी गरे ।

विष्टले भने, ‘भोलिको दिन पार्टी एकताको सन्देश दिन सफल हुनेछौं । भोलि सार्थक निष्कर्षमा पुग्नेछौँ । आजै सक्ने चाहना थियो ।’ उनले एमालेलाई एकताबद्ध बनाएर राष्ट्र र जनताको पक्षमा उभ्याउने दृढता व्यक्त गरे । उनले भने, ‘अहिले विश्वासको वातावरण बनेको छ । सुखद् समाचार भोलि नै सुन्न पाउनुहुन्छ ।’

लामो समयदेखि अनौपचारिक सम्वादमा रहेका दोस्रो तहका नेताहरुले सोमबारदेखि कार्यदल स्तरमा छलफल गरेका थिए । पछिल्ला दिनहरुमा नेताहरुले सहमति नजिक पुगेको दाबी गरे पनि सर्वोच्च अदालतमा विचाराधीन संसद विघटनको मुद्दामा के गर्ने भन्ने समझदारी बन्न सकेको छैन ।

शनिबारको बैठकपछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै माधव नेपाल पक्षका नेता एवम् कार्यदल सदस्य भीम रावलले बैठक करिब सहमतिको बिन्दु नजिक पुगेको जानकारी दिए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...