सुसाइट नोट लेखेर नायीका जेनी कुँवरले गरिन् आत्महत्या, के छ सुसाइट नोटमा ?

Jeny kunwar

काठमाडौं । चलचित्र निर्माता तथा नायिका जेनी कुँवर मृत फेला परेकी छन् । शवसँगै सुसाईड नोट पनि भेटिएको छ । नोटमा उनले आफु ‘डिप्रेशनको शिकार’ भएको लेखेकी छन् ।

काठमाडौंको थापागाउँ स्थित अपार्टमेन्टमा उनी मृत फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरी वृत्त, बाँनेश्वरका डीसएपी मिमबहादुर लामाका अनुसार, उनले आफू बस्दै आएको काठमाडौंको थापागाउँ स्थित सनराइज सिटी अपार्टमेन्टमा झुन्डिएर आत्महत्या गरेकी हुन् ।

घटनास्थलमा भेटिएको सुसाइड नोटमा आफु ‘डिप्रेशनको शिकार’ भएको उल्लेख गर्दै उनले लेखेकी छिन्– ‘यसमा कसैलाई दोष छैन, मेरो आफ्नै हिसाबमा मैले यो गरेको हुँ ।’ ‘पुलिस दाजु, त्यस्तो केही पनि छैन् म आफैंले गरेको हो’ नोटमा भनिएको छ– ‘यसमा कसैको दोष छैन ।’ घटनास्थलमा भेटिएको सुसाइड नोटमा आफु ‘डिप्रेशनको शिकार’ भएको उल्लेख गर्दै उनले लेखेकी छिन्– ‘यसमा कसैलाई दोष छैन, मेरो आफ्नै हिसाबमा मैले यो गरेको हुँ ।’ ‘पुलिस दाजु, त्यस्तो केही पनि छैन् म आफैंले गरेको हो’ नोटमा भनिएको छ– ‘यसमा कसैको दोष छैन ।’ 

जेनी विगत १ बर्षदेखि डिप्रेशनमा थिइन् । उनी, विगत केही समयदेखि पशुपति मन्दिर परिसरमा साधुको अवतारमा पनि बसिरहेकी थिइन् । केही समय अगाडि उनको पशुपति परिसरमा नै लफडा समेत भएको थियो ।

कुँवरले ‘घायल’ र ‘हलचाल’ नामक चलचित्र निर्माण गरेकी थिइन् भने ‘मैदान’, ‘बज्रपात’ लगायत आधा दर्जन चलचित्र तथा टेलिसिरियलमा पनि अभिनय गरेकी थिइन् । पछिल्लो समय आध्यात्म लागेको बताउने उनलाई पशुपति क्षेत्रमा भेट्न सकिन्थ्यो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...