माओवादी केन्द्र खारेजीको माग गर्दै एमाले नेताहरु निर्वाचन आयोगमा

Capture  2021

काठमाडौँ । नेकपा (एमाले) मा आवद्ध नेताहरु पुष्पकमल दाहाल नेतृत्वको नेकपा (माओवादी केन्द्र) खारेजीको माग गर्दै निर्वाचन आयोग पुगेका छन् ।

यसरी माओवादी केन्द्र खारेजीको माग गर्दै आयोग पुग्ने नेताहरुमा लिलबहादुर थापा, दिने पन्थी, गिरीाधारी न्यौपाने, रामचन्द्र मण्डल र सरोग बुढाथोकी रहेका छन् ।

बुढाथोकी भने अधिवक्ता हुन् । उनीहरुले माओवादी केन्द्र अवैधानिक भएको दाबी गर्दै आयोगमा उजुरी दिएका छन् । उजुरी दिने नेताहरु केही समय पहिले माओवादी केन्द्र परित्याग गरि एमालेमा प्रवेश गरेका थिए ।

प्रतिकृया दिनुहोस