नेपाली सेना र स्वास्थ्य कार्यालयको गाडी ठोक्किदा ९ जना घाइते

Dkt accident

धनकुटा । धनकुटाको मुलघाट नजिक नेपाली सेना र जिल्ला स्वास्थ्य कार्यालयको गाडी एकापसमा ठोक्किदा ९ जना घाइते भएका छन् ।

धनकुटाको हिलेबाट धरानतर्फ जाँदै गरेको नेपाली सेनाको नेपाली सेनाको दुई नम्बर बाहिनी अड्डा हिलेको प्र.३–३०१ ००१ ३७१९ नम्बरको गाडी र धरानबाट धनकुटातर्फ आउँदै गरेको जिल्ला स्वास्थ्य कार्यालय धनकुटाको बा १ झ ८७१२ नम्बरको जीप मुलघाट नजिकै बिहान करिव ९ बजेर ४५ बजे एकापसमा ठोक्किएको थियो ।

सो दुर्घटनामा परी जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख तुलसी प्रसाद गुरागाई, उनका चालक शिवबहादुर खड्का घाइते भएका छन् । त्यसैगरी नेपाली सेनाका ७ जना पनि घाइते भएका छन् । नेपाली सेनाका घाइतेहरुको भने पहिचान भएको छैन ।

आपसमा ठक्कर खाँदा सेनाको गाडी सडकबाट डिलमुनि खसेको छ ।

तस्विर : कोकिला भण्डारी

प्रतिकृया दिनुहोस