आन्तरिक हवाई उडान असार १७ गतेदेखि सुचारु, अन्तर्राष्ट्रिय उडान भने भोलीदेखि नै

Himalaya airlines

काठमाडौं । लामो समयदेखि बन्द भएको आन्तरिक हवाई उडान यही असार १७ गतेदेखि सुचारु हुने भएको छ ।

अन्तर्राष्ट्रिय गन्तब्यमा भने तोकिएको रुटमा भोलीदेखि नै उडान शुरु हुनेछ । कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि भारत बाहेकका गन्तव्यमा वैशाख २३ देखि नियमित उडान बन्द गरिएको थियो ।

जेठ २४ गते सोमबारदेखि नै कतारको दोहामा उडान सुरू भएको थियो भने गत बिहीबार कोभिड १९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकले नेपाली श्रमिक अधिक संख्यामा रहेका टर्की, कतार, साउदी अरेबिया, युएई, जापान र मलेसिया जस्ता देशहरुमा हवाई उडान पुनः संचालन गर्ने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई उडानको मिति तोक्ने जिम्मेवारी पर्यटन मन्त्रालयलाई दिएको थियो । सोही अनुासर असार १७ गतेदेखि आन्तरिक हवाई उडान नियमित रुपमा सुरु गरिने मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारीले बताए । सरकारको निर्णयसँगै वायुसेवा कम्पनीले समेत टिकट बिक्रि शुरु गरेका छन् ।

आन्तरिक उडान सुरु भएपछि पनि साविकको तुलनामा ५० प्रतिशत मात्र हुने गरि उडान गरिने छ । विमानस्थल र वायुसेवा कम्पनीले गर्ने टिकेटिङ, उपत्यका बाहिर रहेका वायुसेवा कम्पनीका कर्मचारीलाई उपत्यका फर्किने समय समेत राखेर एक सातापछिबाट उडान शुरु गर्न लागिएको हो ।

अन्तर्राष्ट्रिय उडान भोलिबाटै अन्तर्राष्ट्रिय गन्तब्यमा भने तोकिएको रुटमा बिहीबारबाटै उडान शुरु हुनेछ । मन्त्रालयले जुन ३० सम्मका लागि उडान तालिका सार्वजनिक गरेको छ । यसअनुसार २४ जुलाईमा नेपाल एयरलाइन्सले कतारको दोहा र टर्कीस एयरलाइन्सले इस्तानबुलबाट उडान गर्नेछ ।

२५ जुनमा नेपाल एयरलाइन्सको जहाज जापान जानेछ । यो दिन एयर इण्डियाको जहाज दिल्लीबाट काठमाडौं आउनेछ । २६ जुनमा कतार एयरवेजको जहाज दोहाबाट काठमाडौं आउनेछ । टर्की एयरलाइन्सको जहाज इस्तानबुलबाट काठमाडौं आउने छ । यो दिन एयर अरेवियाको जहाज आबुधावीबाट काठमाडौं आउने गरि उडान तालिका तय भएको छ ।

२७ जुनमा नेपाल एयरलाइन्सले दोहा उडान गर्नेछ । यो दिन हिमालय एयरलाइन्सले क्वालालाम्पुर र दुबईमा एक/एक उडान गर्नेछ । कतार एयरवेज दोहाबाट काठमाडौं आउने छ । जजिरा एयरवेज कुवेतबाट काठमाडौं आउने गरि तालिका तय भएको छ । २८ जुनमा नेपाल एयरलाइन्स दुबई जाने छ । हिमालय एयरलाइन्सले साउदीको दमाममा उडान गर्नेछ ।

कतार एयरवेजले दोहाबाट उडान गर्नेछ । २९ जुनमा नेपाल एयरलाइन्स दोहा जाने छ । सो दिन टर्कीबाट टर्किस एयरलाइन्स नेपाल आउने छ । फ्लाई दुबई दुबईबाट काठमाडौं आउने छ । ओमानबाट सलाम एयरको जहाज काठमाडौं आउने छ । ३० जुनमा नेपाल एयरलाइन्सले दुबई, हिमालय एयरलाइन्सले दमाम, कतार एयरवेजले दोहा र जजिरा एयरवेजले कुवेतबाट उडान गर्ने गरि तालिका तय भएको पर्यटन मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...