सर्वोच्चमा सवाल–जवाफ : थापाले सोधे, १४९ सांसदको दावी पेश गरेपछि ‘हु आर यु ?’

Adalat 9

काठमाडौं । प्रतिनिधिसभा विघटन मुद्दाको सर्वोच्च अदालतमा आजदेखि निरन्तर सुनुवाइ भइरहेको छ ।

सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश दीपककुमार कार्की, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलास गठन भएको छ । सोही इजलासले गत जेठ २६ गते सर्वोच्च अदालतले राष्ट्रपति कार्यालयलगायत विपक्षीका नाममा देखाउ आदेश जारी गरेको थियो ।

आजको बहसमा सर्वाेच्चमा प्रधानन्याधीश र वरिष्ठ अधिवत्ताहरुबीच सवाल जवाफ भएको छ । वरिष्ठ अधिवक्ता शम्भु थापाले जनताको प्रतिनिधिलाई सरकार बनाउन कसैले रोक्न नमिल्ने बताए । थापाले विश्वासको मतको आधार फ्लोर टेष्ट भएको तर्क पेश गरे ।

विश्वासको मतको आधार फ्लोर टेष्ट हो । १४९ सांसदको दावी पेश गरेपछि तपाईं को हो ? हु आर यु ?’ थापाले राष्ट्रपतितर्फ इंगित गर्दै प्रश्न गरे, ‘के त्यहाँ कोही एमाले र कोही माओवादीका सांसदले भोट हाल्न नसक्ने छन र ? जनताको प्रतिनिधिलाई तपाईंले सरकार बनाउन बाट रोक्न मिल्छ ?’

थापाले भने ‘म विश्वासको मत पाउन सक्दिनँ भनेर राजीनामा नदिनु चाहिँ राजनितिक प्रश्न हो । विश्वासको मत नपाएपछि संविधान बमोजिम पदमुक्त हुनुपर्दैन रु केपी ओली जी जसरी विश्वासको मतबाट बाहिर जानुभो, उहाँलाई अब ७६ को उपधारा ५ अनुसार दाबी गर्ने अधिकार छैन ।’

सोही क्रममा वरिष्ठ अधिवक्ता शम्भु थापालाई प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराले बहुमत नपुगेको अवस्थामा फेरि पनि राष्ट्रपतिले इन्कार गर्न पाउने की नपाउने भन्नेबारे प्रश्न गरेका छन् । संवैधानिक इजलासमा विघटन मुद्दामा सुनुवाइ गर्दा जबराले थापालाई सोधे– ‘बहुमत नपुगे फेरि पनि राष्ट्रपतिले इन्कार गर्न पाउनुहुन्छ नि हैन ?’ धारा ७६ (१) ले बहुमत प्राप्त दल भनेको उल्लेख गर्दै जबराले उपधारा–३ मा गएपछि फेरि आधार उपधारा–१ कै भएको बताए ।

प्रधान न्यायाधीशले अर्को प्रश्न सोधे– उहाँले (राष्ट्रपतिले) हेड काउन्ट गर्नुभो, १३६ पुगेन भने रिजेक्ट गर्न पाउने की नपाउने ?’ जवाफमा थापाले भने –‘रिजेक्ट गर्न पाइन्छ भनेर म भन्दिनँ । किनभने यहाँ मन्त्रिपरिषद् जन्मिनै पर्छ ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

फेरि धनकुटामा बढ्यो कोरोना संक्रमण, आज एकै दिन २५ जनामा कोरोना पुष्टी

Dhankuta pcr lab

धनकुटा । केही दिनयता धनकुटामा कोरोना संक्रमण तीव्र रुपमा बढ्न थालेको छ । हिजो धनकुटामा १७ जनामा क...