धनकुटाका ५ जना वडाध्यक्षहरुले बहिष्कार गरे नगरपालिकाको बैठक, नगर प्रमुखले एकलौटी गरेको आरोप

Chintan tamang 7

धनकुटा । नगरपालिकाले बजेटको सिलिङ तोक्दा संघीयताको मर्म र भावना विपरित वडाहरुमा जाने बजेट कटौती गरेको भन्दै धनकुटा नगरपालिकाका ५ जना वडाध्यक्षहरुले बैठक बहिष्कार गरेका छन् ।

धनकुटा नगरपालिकाका १०वटै वडामा जाने बजेट नगरप्रमुख चिन्तन तामाङले आफुखुसी व्यक्तिवादी शैलीले विनियोजन गर्न खोजेकाले बैठक बहिष्कार गर्नु परेको वडाध्यक्षहरुले बताएका छन् ।

उनीहरुले वडाध्यक्षहरुको अधिकार कटौती गरी निरंकुश शैलीले बजेट विनियोजन गर्दा विकासमुखी र यथार्थपरक नभई वितरणमुखी मात्रै भएको आरोप पनि लगाएका छन् ।

धनकुटा नगरपालिका वडा नं. ३ का विकास घिमिरे, वडा नं. ५ का धनकुमार राई, वडा नं. ६ का नरेष श्रेष्ठ, वडा नं. ८ का सुमन राई र वडा नं. ९ का वडाध्यक्ष मनोज रायमाझीले विज्ञप्ती जारी गर्दै नगर प्रमुख तामाङले गरेको एकलौटी कार्यको विरोधमा जनतामाँझ जाने बताएका छन् ।

विगतदेखि नै नगर प्रमुख तामाङले वडाध्यक्षहरुको अधिकारलाई कुण्ठित गर्दै आएको उनीहरुले आरोप लगाएका छन् ।
यस्तो छ विज्ञप्ती

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...