विमानस्थलमा एउटा हवाईजहाज छिनमै उढ्ने, छिनमै बस्ने किन गर्‍यो ? यस्तो छ कारण

Himalaya airlines

काठमाडौं । आज बिहानैदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा हवाईजहाज छिनमै उड्ने र छिनमै बस्ने गरिरह्यो । सर्वसाधारणलाई अनौठो लाग्ने यो दृष्यले धेरैको ध्यान खिच्यो ।

कुनै पनि विमान उडेपछि आफ्नो गन्तब्यमा पुग्छ । निश्चित सेड्युल अनुसार पुनः विमानस्थलमा अवतरण हुन्छ । तर आज बिहानैदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अचम्म लाग्दो दृष्य देखियो ।

नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा यस्तो किन भइरहेको छ ? कुनै आपतविपत पो आइलाग्यो कि ? तर होइन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीका अनुसार पाइलटले हवाईजहाज उडाउने अभ्यास गरिरहेकाले यस्तो दृष्य देखिएको हो ।

सोमबार बिहानैदेखि हिमालय एयरलाइन्सले आकाश खालि भएको मौकामा आफ्ना पाइलटलाई अभ्यास गराइरहेको छ । त्यही भएर हिमालय एयरलाइन्सको हवाईजहाज एकछिन आकाशमा फन्को मारेर ल्याण्ड गर्छ र केहीबेरमै फेरि उड्छ ।

प्रतिकृया दिनुहोस