आज कुन कुन प्रदेशमा भीषण वर्षा हुँदैछ ? सतर्कता अपनाउन महाशाखाले आग्रह

Weather news

काठमाडौं । एकसाता यता देशका विभिन्न भुभागहरुमा सामान्यदेखि भारी वर्षा भइरहेको छ । लगातार रुपमा परेको अविरण वर्षाका कारण धेरै जनधनको क्षति पनि भइसकेको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, प्रदेश २, लुम्बिनी प्रदेशका केही स्थानमा भीषण वर्षाको सम्भावना रहेको छ । भीषण वर्षाका कारण पहाडी भू‘भागमा पहिरो जाने र नदीनाला तथा खोलामा पानीको सतह बढ्न भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

मनसुनी वायुको प्रभाव र दक्षिणी भू–भाग नजिक मनसुनी न्यून चापीय रेखा रहेकाले सोमबार बिहान देशभरको मौसम बदली रहेको छ । यस्तै‚ केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सोमबार दिउँसो देशभर मौसम बदली रही देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २ र लुम्बिनी प्रदेशका केही स्थानमा भीषण वर्षा साथै प्रदेश १ का एक/दुइ स्थानमा अति भीषण वर्षाको सम्भावना छ ।

राति पनि देशभरको मौसम बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै‚ प्रदेश २ का एक वा दुई स्थानमा भने भीषण वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...