जगदम्बा स्टील्स कारखानामा आगलागी हुँदा २ भारतीय मजदूरको मृत्यु, ३ जना घाइते

Steel factory aagolagi

काठमाडौं । बाराको सिमरामा रहेको जगदम्बा कारखानामा आगलागी हुँदा दुई भारतीय मजदुरको मृत्यु भएको छ । ३ जना घाइते भएका छन् ।

जीतपुरसिमरास्थित जगदम्बा स्टील्समा शनिबार राति पेट्रोल र डजेल भण्डारण गर्ने ट्यांकी वेल्डिङ गरिरहँदा आगलगी भएको हो । सो आगलागीमा परी भारत विहार पश्चिम चम्पारणका ४० वर्षीय प्रदीप गौड र ४५ वर्षीय रामनाथ महतोको घटनास्थलमै मृत्यु भएको छ ।

घाइतेहरुमा नवराज चौलागाई, राजकुमार विक, इन्द्रप्रसाद अधिकारी र अवधेस कुसवाहा रहेका छन् । उनीहरुको तराइ अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइते भएका विकलाई वीरगञ्जको वयोधा अस्पतालमा रिफर गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्रले बताए ।

आगलगीबाट भट्टीमा क्षति भए पनि प्राविधिक अभावले क्षति विवरण एकिन हुन नसकेको उनको भनाइ छ । अहिले आगलागी नियन्त्रणामा आइसकेको बताइएको छ ।

प्रतिकृया दिनुहोस