उपत्यकामा १० दिन पुनः निषेधाज्ञा थप्ने तयारी, किन निषेधाज्ञा थप्न खोजिँदैछ ?

3 9f7vtacspv

काठमाडौं । संक्रमण दर निरन्तर घट्दै गए पनि अब फेरि ‘स्मार्ट लकडाउन’ गर्ने चर्चा चलिरहेका बेला काठमाडौं काठमाडौं उपत्यकामा १० दिन निषेधाज्ञा थप गर्ने तयारी गरिएको छ ।

काठमाडौं उपत्यकामा पछिल्लोपटक जारी निषेधाज्ञा ७ गते राति १२ बजे सकिँदै छ । आइतबार उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बस्दैछ ।

उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले काठमाडौं उपत्यकामा फेरि एक सातादेखि १० दिनसम्म निषेधाज्ञा थप्ने तयारी तयारीमा जुटेका हुन् ।

उपत्यकामा कोरोना संक्रमणदर हेरेर निषेधाज्ञाको मोडालिटी फेरबदल गर्दै आएको र एकैपटक निषेधाज्ञा हटाइयो भने फेरि महामारी नियन्त्रण बाहिर जाने भएकाले एकसातादेखि १० दिनसम्म निषेधाज्ञा थप्नुपर्नेमा उपत्यकाभित्रका ३ जिल्लाका सिडिओहरु एकमत छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार उपत्यकाभित्र निषेधाज्ञालाई नै निरन्तरता दिइने भएको हो । ‘‘त्यसैले पनि निषेधाज्ञा हटाइहाल्न मिल्दैन’ पराजुलीले भने, ‘चरणबद्ध रुपमा निषेधाज्ञा खुकुलो बनाउदै लैजाने हो ।’

अब थप गरिने निषेधाज्ञालाई कसरी व्यवस्थित गरिने भन्नेतर्फ प्रशासनको ध्यानकेन्द्रित भएको छ । अहिले नै यति दिन निषेधाज्ञा थप हुन्छ भनेर भन्न सकिने अवस्था छैन । सम्बन्धित सरोकारवालाहरुसँग निरन्तर छलफलमा रहेको उनको भनाई छ ।

हाल खाद्यान्न पसल, डिपार्टमेन्टल स्टोर, पुस्तक, ग्यास पसल, तरकारी पसलहरुलाई प्राथमिकतामा राखेर बिहान ११ बजेसम्म खोल्न दिइएको छ । अब भने अरु क्षेत्रमा पनि निषेधाज्ञा खुकुलो बनाउने प्रशासनको तयारी छ ।

सीसीएमसीको गएको बुधबारको बैठकमा निजी तथा सार्वजनिक सवारी–साधन पनि चल्न दिने गरी स्वरुप परिवर्तन गर्ने निर्णय भएको थियो । यसबारे पनि छलफल भइरहेको जनाइएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...