भक्तपुरमा इँटा भट्टाको खाल्डोमा १० वर्षिय बालकको शव फेला

Download (1)

काठमाडौँ । भक्तपुरमा एक इँटा भट्टाको खाल्डोमा जमेको पानीमा १० वर्षिय बालकको शव फेला परेको छ । 

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार चाँगुनारायण नगरपालिका ९, ताथलीमा राजु मछेका १० वर्षिय छोरा रोजनको शव भेटिएको हो।

शुक्रबार अन्दाजी ११ः०० बजेको बालक हराएको र आसपास वरिपरि जान सक्ने ठाउँ तथा साथीभाइसँग बुझ्दा समेत फेला नपरेपछि आफन्तले प्रहरीलाई जानकारी गराएका थिए।

खोजतलास गर्दै जाँदा शनिबार मृतक बालकको घरको नजिकै रहेको सेतो बि.म इँटा भट्टाको कम्पाउन्डमा रहेको खाल्डोमा पानी जमेको पोखरीमा उनको शव भेटिएको परिसरका डीएसपी दिपक गिरीले बताए। 

शवलाई पोष्टमार्टमका लागि केएमसी अस्पताल दुवाकोट भक्तपुर पठाईएको र घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको डीएसपी गिरीले जानकारी दिए।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...