आज यी प्रदेशहरुमा भीषण वर्षा हुने, सतर्क रहन आग्रह

Weather 3

काठमाडौं । मनसुनी वायुको प्रभाव रहेकाले आज देशका अधिकांश स्थानरुमा हल्कादेखि मध्यम वर्षा हुने छ । बिहान देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहेको छ ।

बागती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ । दिउँसो पनि देशभरको मौसम बदली रहने छ । देशका अधिकांश ठाउँमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश १ र बागमती प्रदेशका एक वा दुई स्थानमा भने भीषण वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । प्रदेश १, बागमाती र सुदूरपश्चिम प्रदेशको एक वा दुई स्थानमा भीषण वर्षा हुने र पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहावको जोखिम, नदी तथा खोलाहरुमा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका अधिकांश ठाउँमा हल्कादेखि मध्यम वर्षा भए पनि सुदूरपश्चिम प्रदेशका एक वा दुई ठाउँमा भने भीषण वर्षाको सम्भावना रहेको छ ।

शनिबार देशभरको मौसमब बदली रहनेछ। दिउँसो देशका धेरै ठाउँमा वर्षाको सम्भावना रहेको छ । प्रदेश १, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई ठाउँमा भने भीषण वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राति पनि मौसम बदली देशका अधिकांश ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती‚ गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भने भीषण वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आइतबार दिउँसो पनि देशभरको मौसम बदली रही देशका अधिकांश स्थानहरुमा वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती‚ गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमामा भीषण र एक वा दुई स्थानहरुमा अति भीषण वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति देशभर मौसम बदली रही अधिकांश ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भने भीषण र एक वा दुई ठाउँमा अति भीषण वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिकृया दिनुहोस