बाढी पहिरो पीडितको उद्धारमा लाग्न राप्रपा प्रदेश अध्यक्ष उदयको अपिल

Pradip udai

बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टीका लुम्बिनी प्रदेशका अध्यक्ष प्रदिपकुमार उदयले लुम्बिनी प्रदेशसहित देशभर लगातार परिरहेको वर्षाका कारण जनधनको क्षति हुन थालेकाले सतर्क रहन आग्रह गरेका छन् ।

अध्यक्ष उदयले विज्ञप्ती जारी गर्दै सम्भावित बाढी पहिरोको कारण हुनसक्ने क्षतिलाई न्युनिकरण गर्न र आवश्यक उद्धारमा लाग्न राप्रपाका कार्यकर्ताहरुलाई अपिल पनि गरेका छन् ।

उनले अहिले भइरहेको अबिरल भारी वर्षाको कारण लुम्बिनी प्रदेशका बिभिन्न खोला, नालाहरूमा पानीको सतह र पानीको बहाव बढ्नुका साथै बाढी पहिरोको कारणले क्षति पुग्ने, ज्यान जोखिममा पर्ने अत्याधिक सम्भावना रहेको साथै मनसुन सक्रिय रहेको हुदा त्यस्तो सम्भावित क्षेत्रहरूमा सजक र सचेत भई सुरक्षित रहन हुन आग्रह गरेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...