यौन शोषणका लागि भारतीय सेनामा नेपाली युवतीको भर्ती खोलिएको भन्दै नेता रावलको आपत्ति

Untitled 1lidear news of kantipath

काठमाडौं । युवाहरुलाई मात्रै भारतीय सेनामा भर्ती हुन पाउन प्रावधान भए पनि पछिल्लो समय नेपाली युवतीहरुका लागि पनि भर्ती खुला गरिएकोमा एमालेका नेता भीम रावलले आपत्ति जनाएका छन् ।

नेपाली युवतीहरुलाई यौन शोषण र मनोरञ्जनका लागि प्रयोग गर्न भारतीय सेनामा भर्ती खोलिएको रावलको भनाई छ ।

नेता रावलले भारतीय सेनामा नेपाली महिलाको आह्वान भएकोमा आपत्ति जनाउँदै यो आह्वान तत्कालीन ब्रिटिश इन्डियासँग गोर्खा भर्तीका विषयमा नेपालले गरेको सम्झौता विपरीत भएको जनाएका छन् ।

रावलले भने, ‘गोर्खा भर्ती नै बन्द गर्नुपर्ने आवाज उठिरहेका बेला एकाएक महिलालाई पनि भर्ती गर्ने कुरा कहाँबाट आयो ? केपी ओली कहाँ हुनुहुन्छ ? उहाँको परराष्ट्र मन्त्रालय कहाँ छ ? के उहाँले सामन्त गोयलसँग बालुवाटारमा वार्ता गरेर सहमति गर्नुभएको हो ? राष्ट्रियताको यस्तो गम्भीर विषयमा सरकार मौन बस्‍न मिल्छ ?’

ब्रिटिश इण्डियासँग गरेको कुनै पनि सम्झौतामा नेपाली महिलालाई भारतले आफ्नो सेनामा लिनसक्ने कुनै प्रावधान नभएको नेता रावलले जनाएका छन् ।

उनले भने, ‘गोरखा भर्ती नै नेपालको सार्वभौमिकताविरुद्ध भएकाले यसलाई खारेज गर्नुपर्छ । सन्धी खारेज गर्न पहल गर्नुको साटो महिलाका लागि सूचना आह्वान गर्दासमेत सरकार मौन बस्नु खेदजनक छ ।’

काठमाडौंस्थित भारतीय दूतावास अन्तर्गतको कल्याणकारी शाखाले सोमबार एक विज्ञप्ति जारी गर्दै महिला सैनिक प्रहरीका लागि भर्ती आह्वान गरेको हो ।

आगामी जुलाई २० सम्म इच्छुकले निवेदन दिनसक्ने उक्त सूचनामा उल्लेख गरिएको छ । भारतको अम्बाल, लखनऊ, जवलपुर, बेलगाव, पुने र सिलाङमा भर्ती छनोट हुने सूचनामा उल्लेख गरिएको छ ।

१७ वर्ष ६ महिनादेखि २१ वर्ष उमेर ननाघेका, न्युनतम १० कक्षा पास गरेका र १५२ सेन्टिमिटर उचाइ भएका युवतीले आवेदन दिन सक्ने जनाइएको छ । गोर्खा उम्मेदवारलाई ४ सेन्टिमिटरसम्म छुट दिइएको जनाइएको छ भने वीर नारीहरुको हकमा ३० वर्षसम्मको उमेरलाई छुट दिइएको छ ।

सूचनामा सैनिक, भूपू सैनिक, वीर नारी र विधवा सैनिकका छोरीहरुको लागि तौलमा २ केजीको छुट र लिखित परीक्षामा २० अंकको बोनस प्राप्त गर्ने जनाइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...