कोरोनाविरुद्धको खोप दिने सहमतिपछि रोकियो ट्यांकर चालकहरुको आन्दोलन

Tyankar chalak aandolan

काठमाडौं । नेपाल आयल निगम र नेपाल पेट्रोलियम ट्यांकर चालक संघबीच भएको वार्तामा कोरोना विरुद्धको खोप दिन सरकार सहमत भएपछि आन्दोलन फिर्ता भएको छ ।

सो सहमति अनुसार ट्यांकर चालकलाई बुधबारदेखि खोप उपलब्ध गराइने छ । ‘बुधबारबाट एपीएफ अस्पताल बलम्बुमा खोप लगाउने सहमति भयो र हामीले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छौं,’ संघका अध्यक्ष ईश्वर लामाले बताए ।

बागमती प्रादेशिक डिपो कार्यालय थानकोटका ट्यांकर चालक र सहचालकलाई निगमले उपलब्ध गराएको परिचयपत्रको आधारमा खोप लगाउने सहमति भएको छ । सहमतिअनुसार थानकोट डिपो र त्यहाँबाट प्रदेशभरि तेल ढुवानी गर्ने ९ सय जना चालक तथा सहचालकले कोरोना खोप पाउनेछन् । अमलेखगञ्जका झण्डै १ हजार ४ सय जना चालक–सहचालकलाई उतै खोप दिने सहमति भएको छ ।

कोरोनाविरुद्धको खोप नपाएको भन्दै संघको आह्वानमा वाग्मती प्रदेशभर आइतबारदेखि पेट्रोलियम पदार्थको ढुवानी अवरुद्ध गरिएको थियो ।

आन्दोलिनका कारण ढुवानी ठप्प हुँदा उपत्यकामा पेट्रोलियम पदार्थको अभाव भएको छ । मंगलबार पेट्रोलियम पदार्थ ढुवानी नभएको भन्दै अधिकांश पेट्रोल पम्पहरु बन्द गरिएका थिए ।

पटक–पटक सम्बन्धित निकायमा माग गर्दा खोप उपलब्ध नभएको भन्दै चालक लगाएत मजदुरहरु आन्दोलित भएका थिए । उनीहरुले मंगलबार पनि आयल निगमको थानकोट डिपोमा ट्याङ्कर तेर्साएर नाराबाजी गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...