मनाङमा बाढीले मच्चायो बितण्डा : ६ बग्यो, तीन सय भन्दा बढी विस्थापित

Manang flood 1 gcnw1doqat

मनाङ  । हिमाली जिल्ला मनाङमा दुईवटा खोलामा बाढी आउँदा सदरमुकाम चामेमा ६ घर बगाएको छ । बाढीका कारण जिल्ला प्रहरी कार्यालय पनि डुवानमा परेको छ ।

लगातारको बर्षातबाट आएको बाढीले चामे गाउँपालिका १ तिमाङ खोलाको बेली ब्रिज पनि बगाएको छ । उक्त खोलामा रहेको ३२ किलोवाट क्षमताको लघु जलविद्युत पनि बाढीले बगाएको छ ।

हिमाली जिल्ला मनाङमा बाढी आएपछि विस्थापित भएका तीन सय जनालाई सुरक्षित ठाउँमा सारिएको छ । डुबानमा परेका ताल गाउँ, चामे बजारका स्थानीयवासीसँगै जोखिममा रहेका अन्यलाई पनि सुरक्षित ठाउँमा सारिएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए ।

‘विस्थापित तथा जोखिममा रहेका गरी झन्डै तीन सय स्थानीयवासीलाई सुरक्षित ठाउँमा सारिएको छ’, उनले भने, ‘सुरक्षा निकायका साथै जनप्रतिनिधि अहिले उद्धार तथा विस्थापितहरूको स्थानान्तरणमा जुटिरहेका छन् ।’

उनका अनुसार बाढीका कारण मनाङको नासोँ गाउँपालिका–१, ताल गाउँका ५० घर र मनाङ सदरमुकाम चामेका पाँच घर डुबानमा परेका छन् । बाढीले चामेकै तीन घर बगाएको छ भने १६ घर उच्च जोखिममा रहेका छन् ।

बाढीले तिमाङ खोलाको बेलिब्रिज, मनाङको नयाँ बजारमा रहेको घट्टेखोलाको काठेपुल बगाएको छ भने पक्की पुलमा पनि नोक्सानी गरेको छ ।

बाढीले जिल्ला हुलाक कार्यालय र तिमाङ खोलामै रहेको ३२ किलोवाटको स्याल्क्यु खोला लघु जलविद्युत् गृह पनि बगाएको प्रजिअ लामिछानेले बताए । अहिले त्यहाँ बिजुली बत्तीको आपूर्ति ठप्प भएको उनले जानकारी दिए । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...