जुन २३ देखि नेपाल एयरलाइन्सले एकतर्फी दुबई - काठमाडौं चार्टर उडान गर्ने  

Nepal airlines

काठमाडौं । नेपाल एयरलाइन्सको दुबई–काठमाडौं एकतर्फी चार्टर उडान हुने भएको छ। कोभिड–१९ का कारण अन्तर्राष्ट्रिय उडान स्थगन भएपछि  यूएईमा विविध कारणले रोकिएका नेपालीहरुलाई लक्षित गरि नेपाल एयरलाइन्सले आगामी जुन २३ र ३० तारिक गरि हप्ताको दुई (दुबई–काठमाडौ) एकतर्फी उडान सुचारु गर्ने भएको हो।

आज मंगलबारदेखि टिकट बिक्री समेत थालिएको नेपाल एयरलाइन्सका यूएई कन्ट्री म्यानेजर टिकाराम पंगेनीले जानकारी दिए । यता रोजगार गुमाएर विगत २ महिनादेखि यूएईमा नै अलपत्र परेका नुवाकोटको हरि तामाङले चार्टर फ्लाइट खुले पनि सहज तरिकाले टिकट नपाएको बताए।

नेपाल सरकारले कोभिड–१९ का कारण अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएपछि घर जान नपाएका सयौं नेपालीहरु यूएईमै अड्किएका छन्। नेपाल एयरलाइन्सले एकतर्फी उडान सुचारु गरेपनि टिकट एजेन्सीहरूले सहज रुपमा हवाई टिकट उपलब्ध गराउन सकेका छैनन्। लामो समय उडान बन्द भएकै कारण नेपाल फर्कनेहरूको सख्या धेरै भएकोले यस्तो समस्या आएको ट्राभल्स एजेन्सीहरू बताउँछन्। नेपाल सरकारले गत वैशाख २३ देखि अन्तर्राष्ट्रिय उडान बन्द गरेको थियो।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...