एमबीबीएस अध्ययन गराउन आयोगले छुट्यायो मेडिकल कलेजलाई सिट, कसको भागमा कति छ ?

Mbbs educatoin

काठमाडौं । एमबीबीएस पढ्नका लागि कयौले रहर गरेका हुन्छन् । तर, सीमित सिट संख्याका कारण धेरैको एमबीबीएस पढ्ने सपना अपूरै रहन्छ । यो त भयो पढ्ने विद्यार्थीको कुरा ।

अर्काेतर्फ विद्यार्थी पढाएर आय आर्जन गर्ने कलेजहरुले पनि जतिसक्दो धेरै विद्यार्थी पढाउन पाए हुन्थ्यो भन्ने मनसाय राखेका हुन्छन् । तर, चिकित्सा शिक्षा आयोगले लगाइदिने सीट बाँडफाँडले भने कलेज सञ्चालकहरुको निद हराम नै बनाइदिन्छ ।

यो बर्षको लागि चिकित्सा शिक्षा आयोगले एबीबीएसका साथै बिडिएस लगायतका चिकित्सा शास्त्रका शैक्षिक कार्यक्रमको सिट तोकेको छ । एमबीबीएसतर्फ १ हजार ८३५ सिट तथा बीडीएसतर्फ ५५५ सिटमा विभिन्न मेडिकल कलेजलाई छुट्याएको छ ।

एमबीबीएस पढाउनका लागि अधिकांश मेडिकल कलेजहरुले सय सिट पाएका छन् । पहिलोपटक कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले पहिलो पटक एमबीबीएस अध्यापन गराउने अनुमति पाएको छ ।

चिकित्सा शिक्षा आयोगले एमबीबीएस कार्यक्रमका लागि सिट तोकेको छ, जसमा जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले २० पाएको छ । यस्तै त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गतको महाराजगन्ज मेडिकल कलेजले १०० सिट पाएको छ ।

महाराजगञ्जले ४३ वर्षपछि १०० सिट पाएको हो । यसअघि ७० सिटमा एमबीबीएस अध्यापनको अनुमति पाएको थियो भने अघिल्लो शैक्षिक सत्रमा ७९ सिटमा ।

जसमध्ये बिराट मेडिकल कलेज, नोबेल मेडिकल कलेज, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, नेशनल मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्सेस, चितवन मेडिकल कलेज, नेपाल मेडिकल कलेज, महाराजगञ्ज मेडिकल क्याम्पस, नेपाल आर्मी इन्स्टिच्युट अफ हेल्थ साइन्स, केयू स्कुल अफ मेडिकल कलेज, किष्ट मेडिकल कलेज, मणिपाल मेडिकल साइन्सेज, गण्डकी मेडिकल कलेज, नेपालगण्ज मेडिकल कलेज, लुम्बिनी मेडिकल कलेज, युनिसर्ल मेडिकल कलेज र काठमाडौं मेडिकल कलेज रहेका छन् ।

 
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...