सुर्खेत अदालतले भन्यो, राउटे युवतीमाथि भएको यौन दुर्व्यवहारका भिडियो युट्युबबाट हटाउनु

Raune news vedio

सुर्खेत । आइतबार बिहानै राउटे युवतीहरूमाथि गुर्भाकोट सुर्खेतका केही युवाहरूले यौन दुर्व्यवहार गरेको घटना सार्वजनिक भयो । उक्त घटनाले पीडित युवतीहरु राउटे समुदायबाट नै मारिने डर बढेको छ ।

घटनाले राउटे समुदायलाई नजिकबाट निकायलेकाहरू कसरी न्याय दिने भन्नेमा चिन्तित छन् । किनकी घटनाको वास्तविकता राउटे समुदायमा पुगेको खण्डमा पीडित युवतीहरू ज्यूँदो रहने सम्भावना हुँदैन । तर आजसम्म राउटे परिवारले यो कुराको जानकारी पाएका छैनन् ।

जंगलमा बस्ने, कोही मान्छेको मृत्यु भएमा बसिरहेको स्थानमा उसको शव गाडेर अर्को स्थानमा बसाइँ सर्ने चलन राउटे समुदायमा छ ।

राउटे उुवतीमाथि भएको सो राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमै चर्चाको विषय बनिरहेका बेला आज ८ दिनपछि ती दुई जना युवतीको स्वास्थ्य परिक्षण गरिएको छ । अर्काेतर्फ आजै सुर्खेत जिल्ला अदालतले राउटे युवतीमाथि भएको यौन दुर्व्यवहारका भिडियो युट्युबबाट हटाउन आदेश दिएको छ ।

न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यले शुक्रबार यस्तो आदेश दिएका हुन् । अदालतले युट्युबबाट भिडियो नहटाए साइट बन्द गर्नसमेत आदेश दिएको छ । करणीजन्य अपराधका सामग्री गोप्य हुनुपर्नेमा केही युट्युबमा पीडितको पहिचान खुलाएर भिडियो सार्वजनिक भएपछि परेको मुद्दामा अदालतले यस्तो आदेश दिएको हो ।

अदालतले सामग्रीहरु बनाएर अपलोड गर्नेलाई कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमार्फत प्रहरी प्रधान कार्यालयलाई अनुरोध गर्न आदेश गरेको छ । पीडितको भिडियोसहित प्रसारण गर्ने साइडहरुलाई बन्द गर्नसमेत अदालतले आदेश दिएको छ ।

अदालतले संवेदनशील विषयमा जथाभाबी सामग्री प्रसारण गर्ने विरुद्ध कारबाही गर्न तथा त्यस्ता साइट आवश्यकताअनुसार बन्द गराउन संघीय गृह मन्त्रालयमार्फत सूचना तथा सञ्चार मन्त्रालयलाई समेत अनुरोध गर्न आदेश दिएको छ ।

जेठ २१ गते राति गुर्भाकोटमा दुई युवकले राउटे युवतीमाथि गरेको यौन दुर्व्यवहारका भिडियो सामाजिक सञ्जाल तथा युट्युवबमा छाइरहेका छन्। युट्युब, सामाजिक सञ्चाल तथा केही सञ्चारमाध्यमले समेत पीडितसँग सम्बन्धित सामग्री प्रसारण गर्दै आएका छन् ।

यौन दुर्व्यवहारका भिडियो बाहिरिएपछि जेठ २३ गते आरोपितहरुलाई प्रहरीले पक्राउ गरेको छ । घटनामा संलग्न रहेको आरोपमा गुर्भाकोट नगरपालिका–९ बोटेचौरस्थित मनकामना होटल सञ्चालक विनोद पुन, दोमनबहादुर घर्ती र भूपेन्द्र बुढा पक्राउ परेका छन् ।

प्रतिकृया दिनुहोस