सोलुखुम्बुमा क्रेनले हाईटेन्सन लाइर्नमा छुँदा २ जनाको मृत्यु, २ जना घाइते

Truck accident solu

प्रदेश नं. १ को सोलुखुम्बु र झापामा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । सोलुखुम्बुको पत्तालेको मुल सडकमा क्रेनले विद्युत लाईन छुँदा करेन्ट लागेर क्रेनमा सवार दुई जनाको घटनास्थलमा नै मृत्यू भएको छ ।

आज बिहान सोलुदुधकुण्ड नगरपालिका ८ पत्तालेको सेतो माने नजिकै ग. १ ज. ५१७३ नम्बरको गाडीमा लोबेड गाडीमा सवार क्रेनले ३३ केभि प्रसारण लाईनमा छुँदा घटनास्थलमै २ जनाको मुत्यू भएको हो । २ जना घाईते भएका छन् ।

मृत्यू हुनेमा गाडी चालक बाग्लुङका २६ वर्षीय भूमिराज मरासिनि र क्रेन चालक स्याङजाका २४ वर्षीय राम परियार रहेका छन् । घाइते २ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

८६ मेगावाट क्षमताको सोलुखोला दुधकोशी जलविद्युत आयोजनाको क्रेन मर्मत सम्भारका लागि लोबेड गाडीमा पोखरा लैजाने क्रममा हाईटेन्सन लाईमा छुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

यता, दुई बेग्ला बेग्लै स्थानमा करेन्ट लागेर झापामा दुई जनाको मृत्यु भएको छ । कमल ७ को लालधोन्द्रा गाउँमा पानी तान्ने मोटरबाट करेन्ट लागेर मावल आएका मोरङ बेलबारीका १४ वर्षिय सन्देश धिमाल र अर्जुनधारा ३ की ८२ वर्षीया गलमायाँ खड्काको पनि करेन्ट लागेर मृत्यु भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...