प्लेइिङ फर चेञ्ज नेपाल फाउण्डेशनले ललितपुर महानगरलाई दियो फोग मिसन

Phog nagarpalika

काठमाडौं । ललितपुर महानगरपालिले सञ्चालन गरेको दुई वटा आइसोलेन सेन्टरका लागि प्लेइिङ फर चेञ्ज नेपाल फाउण्डेशनले दुई वडा अत्याधुनिक फोग मेसिन वितरण गरेको छ ।

दुई वडा अत्याधुनिक फोग मेसिन ललितपुर महानगरकाको सम्पत्तिको रुपमा दर्ता हुने र यसलाई तत्काल ललितपु्र महानगरपालिकाले ज्यापु समाज वृद्धाश्रम तथा खोकनामा सञ्चालित आइसोलेनमा पठाइने छ ।

फोग मेसिनहरु आज आयोजित कार्यक्रममा फाउण्डेशनका सल्लाहकार बिसन्तर शाक्य, अध्यक्ष इश्वर बज्राचार्य, उपाध्यक्ष प्रविनबहादुर शाक्य तथा सदस्य सुजन बज्राचार्यले संयुक्त रुपमा मेयर चिरिबाबु महर्जनज तथा उपमेयर गीता सत्याललाई हस्तान्तरण गरे ।

सो कार्यक्रममा फाउण्डेशनका अध्यक्ष इश्वर बज्राचार्यले महामारीको बेला आइसोलेसन नपाएर मानिसले कष्ट भोग्नु परिरहेको स्थितिलाई मध्यनजर गरि महानगरपालिकाको आइसोलेसन कक्ष सञ्चालन सहज बनाउन अत्यावश्यक फोग मेसिन सहयोग गरिएको बताए ।

त्यसैगरी सल्लाहकार शाक्यले नेपालमा नै पहिलो पटक चीनमा निर्मित अत्याधुनिक सेनिटाइज गर्ने फोग मेसिन वितरण गरिएको बताए । उनले यो अत्याधुनिक फोग मेसिन केही समय पहिले ललितपुर महानगरपालिकाको १६ वडालाई पनि एक थान हस्तान्तरण गरिसकेको बताए ।

प्रतिकृया दिनुहोस