वाग्मती प्रदेशको पहिलो प्राथमिकता पनि स्वास्थ्य केन्द्रित (पूर्ण विवरणसहित)

Bisnu prasai pradesh pramukh

काठमाडौं । वाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०८९ को वार्षिक नीति तथा कार्यक्रम सदनमा पेस गरेको छ । प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखिएको छ ।

प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले प्रदेशसभाको बिहीबारको बैठकमा कोभिड–१९ को संक्रमण नियन्त्रण, रोकथाम र उपचार गरी नागरिकहरुको जीवनलाई सहज बनाउँदै अर्थतन्त्रलाई पुनत्थान गर्ने योजनासहितको नीति, कार्यक्रम पेस गरे ।

कोरोना महामारी रोकथाम तथा नियन्त्रणलाई केन्द्रमा राखिएको छ । आगामी आर्थिक वर्षमा कोरोना संक्रमण नियन्त्रणका लागि विभिन्न योजना लागु गर्ने र उपचार सेवालाई प्रभावकारी बनाउने सरकारको लक्ष्य छ ।

आगामी वर्ष कोरोना संक्रमणको उपचारलाई स्तरीय बनाउन सुविधा सम्पन्न अस्पताल, यन्त्र, उपकरण र जनशक्तिको उचित व्यवस्थापन गरिने प्रदेश सरकारहरुको नीति तथा कार्यक्रममा उल्लेख छ ।

त्यस्तै कोरोना प्रभावित परिवारलाई आर्थिक सहायता कार्यक्रम र युवाहरुलाई उद्यमशीलतामा जोड्न स्वरोजगारमूलक उत्पादनमा आधारित अनुदानका कार्यक्रम पनि तर्जुमा गरिने जनाइएको छ ।

कोभिड–१९ विरूद्धको खोपमा प्रदेशवासीको पहुँच पुर्‍याउन आवश्यकताअनुसार ‘प्रदेश प्रमुख कोभिड–१९ खोप कोष’ स्थापना गरी नेपाल सरकारसँगको समन्वय र सहकार्यमा प्रदेशका सबै बासिन्दाहरूलाई अनिवार्य रूपमा खोपको व्यवस्था गरिने भउको छ ।

कोभिडका कारण प्रदेशको अर्थतन्त्र र समग्र विकासमा परेको असरलाई न्यूनीकरण गर्न बैंक तथा वित्तीय संस्थाहरूको सहकार्यमा प्रदेश सरकारबाट सञ्चालित ‘उत्पादन तथा रोजगारी सिर्जनाका लागि सहुलियतपूर्ण ऋण लगानी कार्यक्रम’ लाई निरन्तरता दिइने बताइएको छ ।

प्रदेशका सबै कानुनहरू समेटिएको विद्युतीय पोर्टल सञ्चालिनमा ल्याइने, प्रदेशस्तरीय आयोजना बैंक व्यवस्थापन प्रणालीको सुरुआत गरी आयोजनालाई व्यवस्थित गरिने तथा प्रदेश सरकारको प्राथमिकता प्राप्त आयोजना तथा कार्यक्रम र बहुवर्षीय, अधुरा र क्रमागत आयोजनाहरूलाई बजेट विनियोजन सुनिश्चित गरेपछि अन्य आयोजना तथा कार्यक्रममा बजेट विनियोजन गर्ने व्यवस्था मिलाइएको नीति तथा कार्यक्रममा उल्लेख छ ।

पूर्णपाठ


प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...