काठमाडौँ उपत्यकामा घट्यो संक्रमण : थप ७६४ जनालाई कोरोना पुष्टि

Ktm velly

काठमाडौँ । काठमाडौँ उपत्यकामा बिहीबार थप ७६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका ५४०, ललितपुरका १२५ तथा भक्तपुरका ९९ जनामा संक्रमण पुष्टि भएको हो।

देशभर पछिल्लो २४ घन्टामा थप ३ हजार ७ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ५९ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

गत २४ घण्टामा ५ हजार २ सय ९३ जना कोरोना संक्रमित डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर ७७ हजार ८५८ सक्रिय संक्रमित रहेका छन्।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...