सांसद कृष्ण थापाको मुद्दा न्यायाधीशद्धय चुडाल र मल्लको इजलासमा

Krishna thapa

काठमाडौँ । राष्ट्रिय जनमोर्चाबाट गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापालाई पुनर्बहाली नगर्न माग गर्दै दर्ता भएको भ्याकेट (निवेदन) न्यायाधीश कुमार चुडाल र सपना प्रधान मल्लको इजलासमा परेको छ ।

सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश विरुद्ध पुनरावलोकन माग गर्दै दर्ता भएको निवेदन दुई जना न्यायाधीशको इजलासमा परेको हो ।

सर्वोच्चको फैसला विरुद्ध ३ वटा पुनरावलोकनका लागि निवेदन दर्ता भएको थियो । गण्डकीका सभामुख नेत्रराज अधिकारीले सांसद थापालाई पदमुक्त गर्ने प्रदेशसभाको निर्णय वैधानिक रहेको भन्दै अन्तरिम आदेश बदर माग गर्दै भ्याकेटको निवेदन दिएका थिए ।

यस्तै थापाका विपक्षी राष्ट्रिय जनमोर्चा नेपाल र गण्डकी प्रदेश सभा सचिवालयले पनि पुनरावलोकनको माग गर्दै निवेदन दिएका थिए ।

सभामुख अधिकारीले राजमोले दिएको सूचनाका आधारमा सांसद थापालाई पदमुक्त गरेका थिए । सो निर्णयविरुद्ध सर्वोच्च अदालत पुगेका थापालाई न्यायाधीश कुमार चुडालको एकल इजलासले पुनर्वहालीको आदेश दिएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

२२ तोला सुन र २० रोपनी जग्गा भएका स्वास्थ्यमन्त्री तामाङ कति धनी कति गरिव ?

Ushakala rai sher tamang

काठमाडौं । कानुनमै सार्वजनिक पद धारण गरेका व्यक्तिहरुले आफ्नो सम्पत्ति विवरण पेश गर्नुपर्ने भनिएक...