२२ तोला सुन र २० रोपनी जग्गा भएका स्वास्थ्यमन्त्री तामाङ कति धनी कति गरिव ?

Ushakala rai sher tamang

काठमाडौं । कानुनमै सार्वजनिक पद धारण गरेका व्यक्तिहरुले आफ्नो सम्पत्ति विवरण पेश गर्नुपर्ने भनिएको छ । सोही अनुसार मन्त्रालय सम्हालेपछि मन्त्रीहरुले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्ने गरेका छन् ।

पहिलोपटक परराष्ट्र मन्त्रीबाट पदमुक्त भएलगत्तै प्रदीप ज्ञवालीले मन्त्री बनेपछि के कति आम्दानी भयो र कुन शिर्षकमा खर्च भयो भनेर सार्वजनिक गरे । उनले सत्ता छाडेपछि सम्पत्ति विवरण सार्वजनिक गर्दा धेरैले उनको तारिफ गरे ।

ज्ञवालीले मन्त्री बनेको समयमा कमाएको सम्पत्ति सार्वजनिक गरेपछि उपप्रधानमन्त्रीबाट पदमुक्त भएपछि इश्वर पोख्रेलले पनि आफ्नो कमाई र खर्च विवरण सार्वजनिक गरे ।

अहिले स्वास्थ्यमन्त्री नियुक्त शेरबहादुर तामाङले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । उनले सार्वजनिक गरेको सम्पत्ति विवरणमा तामाङको परिवारसँग २० रोपनी जग्गा छ ।

उनले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार उनको काठमाडौंसहित देशका विभिन्न १४ ठाउँमा जग्गा छ । पैतृक सम्पत्ति र आफूले जोडेको सम्पत्तिसहित गरेर उनको र उनकी पत्नीको नाममा २० रोपनीभन्दा धेरै जग्गा छ । उनकी पत्नी उषाकला राईको नाममा मोरङ र खोटाङमा जग्गा छ भने तामाङको नाममा काठमाडौं र सिन्धुपाल्चोकमा जग्गा छ ।

उनले आफूसँग २२ तोला सुन रहेको बताएका छन् । उनको काठमाडौंको गोकर्णेश्वरमा घरसहितको जग्गा छ । उनले सार्वजनिक गरेको सम्पत्ति विवरण तल उल्लेख छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...