७६(५) अनुसार प्रधानमन्त्री बन्ने देउवाको योजनामा तत्कालका लागि लाग्यो ब्रेक

Sher bdr deuwa

काठमाडौं । अदालतको आदेशको बलमा प्रधानमन्त्री बन्ने नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको योजनामा तत्कालका लागि ब्रेक लागेको छ ।

सर्वोच्चको संवैधानिक इजलासले बुधबार देउवा सहितका १४६ सांसदको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गरेर अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै देउवाको तत्काल प्रधानमन्त्री बन्ने योजनामा ब्रेक लागेको हो । जेठ ७ गते गते देउवाले संविधानको धारा ७६(५) अनुसार बहुमत सदस्यको प्रधानमन्त्रीमा दावी गर्दै राष्ट्रपतिसमक्ष प्रस्ताव पेश गरेका थिए ।

तर राष्ट्रपतिले त्यसलाई मान्यता दिनु भएको थिएन । बरु राष्ट्रपतिले नयाँ सरकार बन्न नसकेको भन्दै जेठ ७ गते मध्यराति प्रधानमन्त्री ओलीको सिफारिसमा प्रतिनिधिसभा भंग गरिदिनु भएको थियो । उक्त घोषणा असंवैधानिक भन्दै नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधव नेपाल समुह, राष्ट्रिय जनमोर्चा र जसपाको उपेन्द्र यादव समूहसहितको विपक्षी गठबन्धन अदालत पुगेको थियो ।

देउवा सहितका सांसदहरुको रिटमा काँग्रेस सभापति शेरबहादुर देउवालाई परमादेश मार्फत प्रधानमन्त्रीमा नियुक्त गर्न माग गरिएको थियो । अब अदालतमा असार ९ देखि सुनुवाइ हुनेछ भने त्यसपछि मात्रै मुद्दाको टुंगो लाग्ने छ ।

बुधबारको संवैधानिक इजलासको आदेशमा सरकारसँग लिखित जवाफ माग्ने, मुद्दामा ‘एमिकस क्युरी’ झिकाउने, बहसको समय तोक्ने लगायतका विषय उल्लेख छ ।

प्रतिनिधिसभा विघटनसम्बन्धीको मुद्दामा सर्वोच्च अदालतले राष्ट्रपति कार्यालयलगायत विपक्षीका नाममा देखाउ आदेश जारी गरेको छ । बुधबार बसेको संवैधानिक इजलासले विघटनसम्बन्धी मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै कारण देखाउ आदेश जारी गरेको हो । त्यस्तै, यी मुद्दामा असार ९ गतेदेखि नियमित सुनुवाइ हुने पनि इजलासले निर्णय गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

२२ तोला सुन र २० रोपनी जग्गा भएका स्वास्थ्यमन्त्री तामाङ कति धनी कति गरिव ?

Ushakala rai sher tamang

काठमाडौं । कानुनमै सार्वजनिक पद धारण गरेका व्यक्तिहरुले आफ्नो सम्पत्ति विवरण पेश गर्नुपर्ने भनिएक...