विपक्षीको अवरोधपछि प्रदेश २ प्रदेशसभा बैठक एक घण्टाका लागि स्थगित   

198211457 194453329239217 8060457937845501952 n

काठमाडौँ । प्रदेश २ को प्रदेशसभा बैठक २१ मिनेटमै स्थगित भएको छ। प्रदेशसभा सदस्यहरुसँग समन्वय नगरी स्थानीय तहमा सशर्त अनुदानको बजेट पठाइएको भन्दै विपक्षी दलहरुले प्रदेशसभा बैठक अवरुद्ध गरेका छन्।

मंगलबार प्रदेशसभाको छैठौँ अधिवेशनको दोस्रो बैठक बसेको केही बेरमै विपक्षी दलका प्रदेशसभा सदस्यहरुले सशर्त अनुदान स्थानीय पालिकाहरुमा समन्वय नगरी पठाइएको भन्दै बैठक अवरुद्ध गरेका हुुन्।

विपक्षी दलहरु नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एमालेका प्रदेशसभा सदस्यहरुले मुख्यमन्त्रीले यसको जवाफ दिने पर्ने भन्दै प्रदेशसभामा विरोध जनाउन थालेपछि सभामुख सरोजकुमार यादवले बैठक १ घण्टाका लागि स्थगित गरेका छन्।

एमालेका प्रदेशसभा सदस्य सुन्दरबहादुर विश्वकर्माले प्रदेशसभा सदस्यहरुसँग समन्वय गरी योजना छनौट गरेर अख्तियारी पठाउने निर्णय गरिए पनि सरकारले आफूखुशी योजना बनाएर सशर्त अनुदानको बजेट पठाइएकोमा आपत्ति जनाए। प्रदेश सरकारले यस विषयमा ठोस जवाफ नदिएससम्म बैठक अवरुद्ध गर्ने उनले चेतावनी दिए।

त्यस्तै नेपाली कांग्रेसका वीरेन्द्र कुमार सिंहले योजना छनौट गर्नका लागि सिफारिश समिति बनाएर पनि आफूहरुको योजना समावेश नगर्नु प्रदेशसभा सदस्यहरुको अपमान भएको टिप्पणी गरे।

माओवादी केन्द्रका प्रदेशसभा सदस्य रामकुमार यादवले आफ्ना कार्यकर्ता पाल्ने अभिप्रायले सशर्त अनुदानको बजेटको समेत दुरुपयोग गरिएको आरोप लगाए।

नेकपा ऐमालेकै शत्रुधन महतोले प्रदेशसभामै मुख्यमन्त्रीले प्रतिवद्धता जनाएको र सांसदहरुको योजना, सशर्त अनुदान नसच्याए प्रदेशसभा बैठक चल्न नदिने चेतावनी दिए।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...