बौद्धमा बोराभित्र शव : शरीरका केही भाग मात्रै भेटियो, कस्को शब होला त ?

Hatya nayabasti 1

काठमाडौं । काठमाडौको बौद्धस्थित नयाँबस्तीमा फ्याकिएको बोराभित्र मानव शरीरका केही अंग भेटिएका छन् । बोराभित्र भेटिएको शव विभत्स तरिकाले हत्यापछि फ्याँकिएको पाइएको छ । प्रहरीका अनुसार दुई साताअघि नै हत्या भएर शरीरका केही भाग मात्रै फ्याँकिएको पाइएको हो ।

परिसर प्रमुख एसएसपी अशोक सिंहका अनुसार शव विभत्स तरिकाले हत्यापछि फ्याँकिएको पाइएको छ । एसएसपी सिंहले परालले बेरेर शव बोरामा प्याक गरी फ्याँकिएको अवस्थामा फेला परेको र प्रकृति हेर्दा केही दिनअघि नै हत्या भएको जस्तो देखिएको छ ।

परालले बेरेर शव बोरामा प्याक गरी फ्याँकिएको अवस्थामा फेला परेको उनको भनाइ छ । तर, बोरामा शव पुरा भेटिएन । जलाइएको जस्तो देखिने शवको पैतालाको भाग र हड्डीहरु मात्रै भेटिएकाले मृतक को हो भन्नेबारे पहिचान खुल्न नसकेको उनले बताए ।

शवको पैतालाको भाग र हड्डीहरु मात्रै भेटिएकाले मृतक को हो भन्नेबारे पहिचान खुल्न नसकेको एसएसपी सिंहले बताए । शव पोस्टमार्टम र डीएनए प्रोफाइलका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको एसएसपी सिंहले बताए ।

घटनास्थल बौद्धको नयाँबस्तीस्थित दिब्य पार्टी प्यालेसबाट ५०० मिटरभित्र चौरमा रहेको छ । काठमाडौं महानगरपालिका वडा नम्बर ६ मा पर्ने सो स्थानमा मंगलबार बिहान दुबो टिप्न गएकी एक महिलाले बोरा देखेर शंका लागेपछि प्रहरीलाई खबर भएको थियो ।

प्रतिकृया दिनुहोस