९० दिनपछि को बन्दैछ नेपाली सेनाको पहिलो ‘ब्राम्हण’ प्रधानसेनापति ? यस्तो छ तयारी

Pravu sharma nepal army

काठमाडौं । भनिन्छ, राजनीतिले धेरै नछोएको निकाय भनेको नेपाली सेना मात्रै हो । तर, पहिलोपटक प्रधानमन्त्री बनेका बेला पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रुकमाङगत कटवाललाई सेनापतिबाट हटाउँदा निक्कै हलचल मच्चियो र प्रचण्डले प्रधानमन्त्री पदबाटै राजीनामा दिनु परेको थियोे ।

त्यसयति नेपाली सेनालाई सरकारले खासै चलाएको छैन । त्यही भएर पनि बरिष्ठतमकै आधारमा बढुवा हुने गर्छ । अहिले नेपाली सेनाले ९० दिनपछि ४४ औं प्रधानसेनापति पाउँदैछ । ती भाग्यमानी जर्नेल हुन्, प्रभुराम शर्मा । उनी प्रधानसेनापति पूर्णचन्द्र थापाका उत्तराधिकारी हुन् ।

हालै एउटा पत्रकार सम्मेलन गरी प्रधानसेनापति थापाले नेपाली सेनामा सुधारका काम आफ्नो कार्यकालमा नभएका जति अर्का प्रमुखले गर्ने बताएका थिए । अर्थात् थापाले गर्न नसकेका कामहरु शर्माको काँधमा पुग्नेछ ।

९० दिनपछि ४४ औं प्रधानसेनापतिका रुपमा फूली लगाउने शर्मा युद्ध कार्यका लागि अब्बल अधिकारी मानिन्छन् । नेपाली सेनाको इतिहासमा नै सम्भवतः उनी पहिलो ‘ब्राम्हण’ प्रधानसेनापति हुनेछन् ।

शर्माले थापा सेवानिवृत्त हुनुअघि एक महिनाअघि विदा बस्ने चलन छ । २४ भदौमा कार्यकाल सकिन लागेका थापा २४ साउनदेखि विदा बस्नेछन् । सोही बेलादेखि शर्माले कार्यबाहक प्रधानसेनापतिका रुपमा सबै काम गर्नुपर्ने हुन्छ ।

सामूहिक नेतृत्वलाई मन पराउने शर्मा इतिहासका ज्ञाता पनि हुन् । उनले त्रिभुवन विश्वविद्यालयबाट इतिहासमा स्नातकोत्तर गरेका छन् भने भारतबाट नेशनल डिफेन्स कोर्स (एनडीसी) को तालिम र अमेरिकामा पनि सैन्य शिक्षा हासिल गरेका अधिकारी हुन् ।

सेनाभित्रको चेन अफ कमाण्ड र अनुशासनको विषयलाई थापाले पनि डगमगाउन दिएका छैनन् । त्यसैले उनको विश्वासका आधारमा शर्माले पनि सेनाको कामलाई कुशलताका साथ अघि बढाउने धेरैले अपेक्षा गरेका छन् ।

देशको राजनीति बिग्रिदै गएको बेला शर्माले सेनाको कमाण्ड सम्हाल्दैछन् । यस्तो बेला उनले कस्तो भुमिका निर्वाह गर्लान् ? धेरैको चासो छ । नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षा गर्ने जिम्मेवारी नेपाली सेनाको भएकाले आगामी प्रधानसेनापति शर्माले पनि यसलाई निरन्तरता दिनेमा आम नेपाली विश्वस्त छन् ।

प्रतिकृया दिनुहोस