प्रधानन्यायाधीश जबरा बिरामी हुँदा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाई स्थगित

Cholendra samser rana nishannews

काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ आज नहुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई स्वास्थ्यमा समस्या आएको भन्दै आजको पेसी सूचीमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा तोकेका छैन ।

जबराले आफु अस्वस्थ भएको जानकारी अदालत प्रशासनलाई गराएका छन् । प्रतिनिधिसभा विघटन मुद्दामा अब बुधवार सुनुवाइ हुनेगरी निवेदकलाई तारेख दिइएको छ । सर्वोच्च अदालतमा प्रधानन्यायाधीशको अनुपस्थितिसँगै सोमबार तीनवटा इजलासमा ५ जना न्यायाधीशको मात्रै बेञ्च तोकिएको छ ।

सर्वोच्च अदालतमा प्रधान न्यायाधीशसहित कुल २० न्यायाधीश छन् । उनीहरुमध्ये सोमबार बमकुमार श्रेष्ठ, सुष्मालता माथेमा, प्रकाशमानसिंह राउत, सपना प्रधान मल्ल र कुमार चुडालदका मात्रै बेञ्चहरु तोकिएका छन् । बाँकी १४ न्यायाधीशको बेञ्च तोकिएको छैन । सोमबारका लागि हेर्दाहेर्दैमा राखिएका निवेदन स्थगित पेसी सूचीमा चढाइएको छ । आइतबारको बहसपछि प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो ।

संवैधानिक इजलासको आइतबारको सुनुवाइमा इजलासमा रहेका न्यायाधीश रहन हुने कि नहुने भन्ने विषयमा बहस केन्द्रित थियो । बहसमा महान्यायाधिवक्ता रमेश बडाल, सरकारी वकिल र प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट आएका कानुन व्यवसायीले न्यायाधीशद्वय दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले इजलास छोड्नुपर्ने बताएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...