आज पहाडी भू–भागको मौसम बदली रहने, केही स्थानमा पानी पर्ने

Mausam222

काठमाडौं । आज प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल नेपालको मौसममा पश्चिमी तथा पूर्वी वायु र स्थानीय वायुको सामान्य प्रभाव छ । सोमबार बिहान देशका केही पहाडी भू–भागहरुमा आंशिक बदली रहेको छ । अन्य स्थानहरू सामान्यतया सफा रहेको छ।

दिउँसो प्रदेश १, प्रदेश २ का साथै अन्य प्रदेशका पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानहरूमा आंशिक बदली रहनेछ मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

आज राति देशका पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानहरूमा सामान्यतया सफा रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकीका केही स्थानमा हल्का वर्षा को सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...