नेपाललाई खोपको माग गर्दै नेपाली गुठीले बुझायो ज्ञापन पत्र

Nepali guthi news

पेन्सलभेनिया (अमेरिका) । अमेरिकामा रहेर सामाजिक काम गर्दै आएको नेपालीहरुको संस्था नेपाली गुठी एसोसियसन पेनसलभेनियाले कोरोनाबाट थिलथिलो बनेको नेपाललाई जतिसक्दो चाडो खोप उपलब्ध गराउन माग गरेको छ ।

नेपाली गुठी एसोसियसनका सभापति बिमल मोक्तानको नेतृत्वको टोलीले अमेरिकन सांसद ब्रायनलाई भेटी नेपाललाई जतिसक्दो चाडो र अन्य देशको भन्दा धेरै खोप उपलब्ध गराउन माग गरेको हो ।

पेन्सलभेनियाबाट प्रतिनिधित्व गर्ने सांसद ब्रायन कङ्रेसको विदेश विभागको शक्तिशाली सदस्य मानिन्छन् । ब्राइन नेपालप्रति सधैं पोजेटिभ छन् ।

अहिले अमेरिकाले नेपालसहित विश्वका विभिन्न देशहरुलाई ८ करोड डोज खोप दिने तयारी गरिरहेको छ । यही बेला गुठीले नेपाललाई अन्य देशको तुलनामा बढी प्राथमिकतामा राख्न आग्रह सहित अमेरिकी सरकारलाई खोपको माग गरेको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...