‘समृद्ध नेपाल, सुखी नेपाली’को आकांक्षालाई सफल पार्न ध्यानकेन्द्रित : ऊर्जामन्त्री भण्डारी

Mg 0047 scaled

काठमाडौं । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शरतसिंह भण्डारीले सरकारले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षालाई सफल पार्न आफ्नो ध्यानकेन्द्रित हुने बताएका छन् ।

आइतबार मन्त्रालयमा कार्यभार सम्हाल्दै मन्त्री भण्डारीले आफूहरुले उठाएको माग र मुद्दालाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेकाले आफूहरु सरकारमा सहभागी भएको उल्लेख गरे । उनले प्रधानमन्त्री ओलीले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को आकांक्षलाई सफल पार्नको निम्ति आफ्नो ध्यान जाने पनि बताए ।

“जसपा र नेकपा (एमाले) को सहकार्यमा बनेको छ सरकार । हामी सहकार्य गर्न आएका छौँ । हामीले मुख्य माग र मुद्दाको सम्बोधन जसले गर्दछ, त्यसलाई हामी मित्र शक्ति मान्छौँ र त्यसैको आधारमा सहकार्य गर्छौँ । आज ओली नेतृत्वको सरकारले हाम्रो माग, मुद्दालाई सम्बोधन गरेर अगाडि बढेको र हामीलाई सहकार्य गर्न बाटो खुलेको छ र आज हामी सहकार्य गर्न आएका छौँ,” उनले भने ।

उनले ऊर्जा मन्त्रालय मुलुकको आर्थिक क्रान्तिको मेरुदण्ड भएकाले मन्त्रालयका काम–कारबाहीलाई चुस्त र प्रभावकारी हिसाबले अगाडि बढाउने बताए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...