जिउँदै रहेका वडाध्यक्षलाई सामाजिक सञ्जालमा श्रद्धाञ्जली आएपछि...

Fake death

बागलुङ । जिल्लाको गलकोट नगरपालिका वडा नम्बर १० पाण्डपखानीका वडा अध्यक्ष तिलक घर्तीको सामाजिक सञ्जालमा मृत्युको खबरले धेरै जना आश्चर्यचकित र स्तब्ध भए । स्वंयम् नगरपालिकाकै कर्मचारीहरु पनि अकल्पनीय खबरबाट विक्षिप्त बने ।

मृत्युमा संशय राख्दै शनिबार दिउँसो ३ बजे गलकोट नगरपालिका स्वास्थ्य संयोजक मिनराज गैरेले अध्यक्ष घर्तीको मोबाइलमा फोन गरे, फोन उठ्यो। ‘तिलक सर बोल्नुभयो ?, तपाईँ ठीकै हुनुहुन्छ सर ?’ गैरेले प्रश्न गरे। अध्यक्ष घर्तीले आफू सकुशल रहेको जवाफ दिए ।

गैरेले लामो श्वास फेर्दै खुसी लागेको प्रतिक्रिया दिएपछि ‘किन के भयो र ?’ भनेर अध्यक्ष स्वयम्ले प्रतिपश्न गरेका थिए । जवाफमा गैरेले फेसबुकमा उनको मृत्युको खबर देखेर झस्किदै फोन गरेको बताएपछि अध्यक्ष घर्ती छाँगाबाट खसे जस्तो भए ।

गरैको फोन लगत्तै अध्यक्ष घर्तीलाई देश तथा विदेशबाट फोन आउन थाल्यो । उनलाई फोन गरेका अधिकांशले सोधे ‘तपाईँ तिलक हो, सञ्चै सकुशुल नै हुनुहुन्छ ?’

गलकोट अपडेट र गलकोट बागलुङ नेपाल फेसबुक पेजबाट अध्यक्ष घर्तीलाई श्रद्धाञ्जली दिइएको थियो । ती दुवै फेसबुक एकाउन्टमा ‘निष्ठुरी दैव, तलाई नि राम्रै मान्छे चुन्नु पर्ने ? गलकोट नगरपालिका वडा नम्बर १० पाण्डवखानीका वडा अध्यक्ष तथा नेपाल राष्ट्रिय मगर संघ जिल्ला अध्यक्ष समेत रहनुभएका तिलक घर्तीजीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छौँ । रेस्ट इन पिस। शोकाकुल परिवारलाई धैर्यधारण गर्ने शक्ति मिलोस्’ लेखिएको थियो ।

साँझ मात्रै त्यो पोस्ट देखेपछि अध्यक्ष मगरले आफ्नो फेसबुक एकाउन्ट मार्फत आफू सकुशल रहेको जानकारी गराएका छन् ।

‘केही मित्रले जे सोच्दै हुनुहुन्थ्यो, भगवानको कृपाले त्यो अहिले नै नहोस्, आखिर जन्मसँगै मृत्यु सत्य छ । केही मित्रजनबाट मेरो बारेमा मृत्यु पर्यन्त दिइने सद्भाव प्रकट गर्नु भएको रहेछ’, उनले फेसबुकमा लेखेका छन्, ‘मेरो शुभचिन्तक आफन्त तथा सम्पूर्ण साथीहरूमा यो गलत भएको र म सकुशल रहेको जानकारी गराउँदछु ।’

केही दिनदेखि हावाहुरीले गर्दा फोन इन्टरनेट अबरुद्ध भएको हुँदा सामाजिक सञ्जाल हेर्न नपाएको र फोन समेत गर्न नसकेको भन्दै पछि त्यो पोस्ट देख्दा आफूलाई निकै दुःख लागेको अध्यक्ष घर्तीले बताए ।

अध्यक्ष घर्तीले आफूलाई कुनै पनि स्वास्थ्य समस्या नभएको र गाउँमै काम गरेर रहेको बताए । झुटो खबरले आफ्ना आफन्त र शुभ चिन्तकहरुमा असर पुगेको भन्दै आफूले यस विषयमा जिल्ला प्रहरी कार्यालय बागलुङमा जानकारी गराएको र आइतबार साइबर अपराधमा उजुरी दिने सोचमा रहेको अध्यक्ष घर्तीले बताए ।

गलकोट अपडेटसहित दुवै पेज चलाउँदै आएका विशाल क्षेत्रीले गम्भीर कमजोरी भएको स्वीकार गर्दै क्षमा याचना गरेका छन्। ‘आज म आफैसँग लज्जित छु। मैले हतार गर्दा, मेरो हतारको गल्तीले धेरै जनालाई हानि गरेको छ’, उनले भने, ‘म कुन शब्दले क्षमा मागु ? मसँग त्यो शब्द छैन ।’ अन्नपूर्ण पोष्टबाट

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...