ललित निवास प्रकरण : २१ दिनभित्र म्याद तामेल नगरे सरकारी हुने

Baluwatar google map

काठमाडौं । बहुचर्चित बालुवाटारस्थित ललिता निवासको जग्गा आफ्नो नाममा गरेका ४९ जनाले २१ दिनभित्र म्याद तामेल नगरे सो जग्गा सरकारी नाममा नामसारी हुने भएको छ ।

विवादित जग्गामध्ये सबैभन्दा धेरै शोभाकान्त ढकालको नाममा छ । उनको र उनको परिवारको गरी २२ कित्तामा ३ हजार २ सय ७५ वर्गफिट जग्गा सरकारको नाममा हुनुपर्ने कार्यालयको दाबी छ ।

भूमिसुधार तथा मालपोत कार्यालय काठमाडौँले ४९ जनलाई म्याद तामेलका लागि २१ दिने हद म्याद दिएको सूचना प्रकाशित गरेको छ । मालपोत कार्यालयले जग्गाधनीलाई सो जग्गा सरकारको नाममा ल्याउनु नपर्ने कारण भए २१ दिनभित्र कारण पेस गर्न भनेको छ । अन्यथा सो जग्गा सरकारको नाममा नामसारी हुने जनाइएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...