प्रतिनिधिसभा विगठनको मुद्दा हेर्न संवैधानिक इजलास पुनर्गठन, कोको परे इजलासमा ?

Supreme court of nepal

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटहरुमाथिको सुनुवाईका लागि संवैधानिक इजलास पुनर्गठन भएको छ । यसअघि गठित इजलासका विषयमा विवाद भएपछि आज पुनः पुनर्गठन भएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको अध्यक्षताको इजलासमा अब वरिष्ठताका आधारमा इजलास पुनर्गठन भएको हो ।

संवैधानिक इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई रहेका छन् । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा आजदेखि संबैधानिक इजलासमा सुनुवाई हुने भएको छ ।

प्रधानन्यायाधीश राणाले गठन गरेको संवैधानिक इजलासमा न्यायाधीशद्वय दीप कुमार कार्की र आनन्दमोहन भट्टराईको कमब्याक भएको छ । यसअघि इजलासमा सहभागी दुई न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठबारे प्रश्न उठेपछि कार्की र भट्टराईले इजलास छाडेका थिए ।

तर, आइतबार राणाले ५ सदस्सीय इजलास गठन गर्दा उनीहरु वरिष्ठताका आधारमा पुनस् कमब्याक भएका हुन् । इजलासमा विवादमा तानिएका न्यायाधीशद्वय केसी र श्रेष्ठ अटाएका छैनन् । इजलासमा आज कार्की र भट्टराईबाहेक न्यायाधीश मीरा खडका र ईश्वरप्रसाद खतिवडालाई राखिएको छ ।

बरिष्ठताका आधारमा इजलास गठन गर्दा विश्वम्भर श्रेष्ठ र हरिकृष्ण कार्की भने छुटेका छन् । विश्वम्भर स्वास्थ्यका कारणले छुटेका हुन् । उनी पुस ५ मा संसद विघटन भएका बेला संवैधानिक इजलासमा सहभागी थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...